2026-08-23 09:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारत भ्रमणबाट फर्किएपछि बिरामी परेको सानो खैरो गिद्धले पायो पुनर्जीवन

गिद्धको खुट्टामा लगाइएको रातो स्याटेलाइट टयाग ‘जे १६’ ले उक्त गिद्धले पूर्वी नवलपरासीको जटायु रेष्टुरेन्टबाट उडान भरेको पुष्टि भएको चरा विज्ञ डगौराले बताए ।

काठमाडौँ | आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्धलाई सोमबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी फाँटामा छाडिएको छ। गाडीमार्फत ल्याइएको उक्त गिद्धलाई पिँजडाबाट छाडेपछि पखेटा खोल्दै आकासमा उडेको दृश्य दुर्लभ थियो।

‘टाउको झोक्राएको, हिँडडुल गर्न नसक्ने अवस्थामा रहेको गिद्धलाई कैलालीको लम्की चुहास्थित लालीगुराँस सामुदायिक वनबाट उद्धार गरेका थियौँ’, सबडिभिजन वन कार्यालय पहलवानपुरका वन अधिकृत शेरबहादुर भण्डारीले भने, ‘गिद्धको अवस्था हेर्दा बाँच्लाजस्तो लागेकै थिएन, उपचारसँगै स्याहारसुसार र आहारमा ध्यान दिइएपछि तन्दुरुस्त भयो।’

 

गिद्धलाई निकुञ्जको सुरक्षित स्थानमा लगेर छाड्दा दुई–तीन पाइला हिँड्दै उडेको देखेर निकै खुसी लागेको उनले बताए । ‘उडेको दृश्य निकैबेर नियाल्यौँ’, उनले भने, ‘केही बेरको उडानपछि गिद्ध अस्नाको रुखमा पखेटा फिँजाउँदै बसेको दृश्य क्यामेरामा कैद गर्न भ्यायौँ ।’

सामुदायिक वनका पदाधिकारीले वन क्षेत्रमा गत साउन १९ गते बिरामीको अवस्थाको गिद्ध देखापरेपछि डिभिजन वन कार्यालय कैलालीमा खबर गरेका थिए । त्यसपछि गिद्धको उद्धार गरी उपचार गरिएको थियो । बिरामी परेको गिद्धको बर्दिया राष्ट्रिय निकुञ्जस्थित प्रकृति संरक्षण कोष(एनटिएनसी) का भेटेरिनरी चिकित्सक विकल्प कार्कीसहितको टोलीले आठ दिनसम्म उपचार गरेका हुन् ।

पूर्वी नवलपरासीको जटायु रेष्टुराँबाट प्राकृतिक विचरणका लागि उडेको गिद्ध भारतका विभिन्न बस्ती हुँदै कैलालीको लम्की पुगेर बिरामी परेका अवस्थामा फेला परेको नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)का चरा विज्ञ हिरुलाल डगौराले बताए ।

वर्षात्का समयमा झुण्डबाट छुट्टिएर लामो दूरी तय गर्दा अर्ध वयस्क सानो खैरो गिद्ध पर्याप्त पानी, आहारा नपाउँदा रगतको कमी भई बिरामी परेको हुनसक्ने उनले बताए । गिद्धको बाह्य चोटपटक लागेको भने नरहेको उनले जानकारी दिए ।

‘गत असार २७ गते नवलपुरबाट उडेको गिद्ध सुरूका पाँचदेखि सात दिनसम्म कपिलवस्तुको गैडहवा वन तथा रेस्टुरेन्ट क्षेत्रमै विचरण गरेको पाइएको छ’, उनले भने, ‘त्यसपछि गिद्धले कपिलवस्तुको गैडहवाबाट विचरणका लागि भारतको बहराइच, लखिमपुर, टिकुलिया, सीमावर्ती क्षेत्र भजनी हुँदै मसुरियासम्म पुगेर फर्किने क्रममा लाँलीगुरास वनमा बिरामी अवस्थामा फेला परेको हो ।’

गिद्धको खुट्टामा लगाइएको रातो स्याटेलाइट टयाग ‘जे १६’ ले उक्त गिद्धले पूर्वी नवलपरासीको जटायु रेष्टुरेन्टबाट उडान भरेको पुष्टि भएको चरा विज्ञ डगौराले बताए ।

नेपाल पक्षी संरक्षण सङ्घको तथ्याङ्कअनुसार विगत केही वर्षअघि रेष्टुरेन्टकै एक डङ्गुर गिद्धले भारतको पश्चिमी क्षेत्रसहित पाकिस्तानसम्म विचरणका लागि उडान गरेको थियो । नेपाल पक्षी संरक्षण सङ्घ र सबडिभिजन वन कार्यालय लम्कीको टोलीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा गिद्धलाई सुरक्षित क्षेत्रमा छाडेको डगौराको भनाइ छ ।

‘गिद्ध उपचारपछि स्वस्थ र तन्दुरुस्त छ’, उनले भने, ‘पुनः पुरानै बासस्थानमा फर्कनेमा विश्वस्त छौँ ।’ गिद्धमा जडान गरिएको रेडियो कलरको सहायताले जिपिएस ट्र्याकिङ गरी अवस्थाबारे अध्ययनको कार्य निरन्तर जारी रहने उनले उल्लेख गरे ।

अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ(आइयुसिएन)ले यस प्रजातिको गिद्धलाई अतिसङ्कटापन्नको सूचीमा सूचीकृत गरेको छ। रासस

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो