२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपालक्षित गर्दै प्रधानमन्त्रीले भने- प्रतिशोध भन्दै कुद्ने भिड दया लाग्ने खालको छ

२०८२, २९ श्रावण बुधबार १४:३२

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा राजनीतिक प्रतिशोध भएको भन्दै जबरजस्त गलत भाष्य स्थापना गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले पूर्वमन्त्री, सांसद र बहालवाल मेयर लगायतका विभिन्न व्यक्ति थुनामा रहेको बताए ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि राज्यले राजनीतिक प्रतिशोध भएको आरोप लगाएकोतर्फ इंगित गर्दै उनले भनेका छन्, ‘एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अरु व्यक्तिमाथि के भएको हो ? अदालतले सबैलाई प्रतिशोध नै साँधेको हो ? सरकारले भनेजसरी नै अदालत चलेको हो त ? सत्तापक्षका मान्छे पनि थुनिएका सरकारले नै भनेर हो त ?’ भिडद्वारा न्यायको हत्या गरेर अभियोग मुक्त हुन खोज्नेहरूबाट यसको जवाफ सधैं माग्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘यसरी एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अरु व्यक्तिमाथि के भएको हो ? त्यो चाहिँ कानुनी कारबाही नै हो ? अर्बौं रकम अपचलन गरेर थुनामा रहेका सयौं व्यक्तिमाथि प्रतिशोध भएको हो ? कुन कुन मान्छेमाथि प्रतिशोध भएको हो ?,’ प्रधानमन्त्री ओलीले भने, ‘भिडद्वारा न्यायको हत्या गरेर अभियोगबाट मुक्त हुन खोज्नेहरूबाट यसको जवाफ सधैं माग्नेछ । यस्ताका पछि लागेर कुद्ने भिड अचम्मको मात्रै होइन दया लाग्ने खालको छ ।’

सहकारीमा भएको बचत हिनामिना गर्ने सयौं व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको बताउँदै उनले कसैलाई राजनीतिक प्रतिशोध भएको भन्ने जबरजस्त भाष्य बनाउन खोजेको आरोप प्रधानमन्त्री ओलीले लगाए ।

‘सहकारीमा गरेको बचत हिनामिना गर्ने सयौं व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको छ । अदालतले मुद्दा चलिरहेको छ । पूर्वमन्त्री, पूर्वसांसद, बहालवाला मेयर लगायत विभिन्न ओहोदामा रहेका दर्जनौं व्यक्तिलाई अदालतले थुनामा पठाएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अदालतले थुनामा पठाएका कुनै एक व्यक्तिमाथि राजनीतिक प्रतिशोध भएको भन्ने जबरजस्त भाष्य बनाउन खोजिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी