2026-10-05 05:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुटिनले आणविक हतियारबारे कुरा गर्न खोज्दा,ट्रम्प फुटबल हेरिरहेका थिए:जोन बोल्टन

काठमाडौँ | २०१८ मा हेलसिंकीमा भएको भेटपछि डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका थिए। जसमा ट्रम्पले २०१६ को अमेरिकी चुनावमा रुसी हस्तक्षेप भएको अमेरिकी गुप्तचर निकायहरूको निष्कर्षलाई खारेज गरेर पुटिनको भनाइलाई समर्थन गरेका थिए।

ट्रम्पको सो अभिव्यक्तिबाट उनकी रुस मामिला सल्लाहकार फियोना हिल यति आत्तिएकी थिइन्– बेहोस भएको नाटक गरेर पत्रकार सम्मेलन बिथोल्ने सोच उनको मनमा पलाएको थियो। त्यसको सात वर्षपछि ट्रम्प र पुटिन पुनः भेट गर्दैछन्। अलास्काको एंकोरेजस्थित ज्वइन्ट बेस एल्मेनडोफ–रिचर्डसनमा उनीहरूबीच शुक्रबार बैठक हुने बताइएको छ।

 

ट्रम्पले पुटिनलाई भेट्दा सो बैठकमा उनको साथमा रुस विज्ञ कोही पनि नहुने देखिएको भन्दै पश्चिमा विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन्। दोस्रो कार्यकालमा ट्रम्पले कर्मचारी नियुक्तिमा विज्ञता होइन, बफादारीलाई प्रमुख आधार बनाएका छन्। रुससँगको वार्ताको जिम्मा रियल स्टेट व्यवसायी स्टिभ विट्कोफले सम्हालिरहेका छन्। जो विदेश मामिलामा एकदमै नयाँ छन्।

‘ट्रम्पलाई सल्लाह दिने नीतिनिर्मातामध्येमा रुस र युक्रेन बुझेको मान्छे एक जना पनि छैनन् भन्न सकिन्छ,’ ट्रम्पको पहिलो कार्यकालमा बुल्गेरियाका लागि अमेरिकी राजदूत रहेका एरिक रुबिन भन्छन्। २५ वर्षदेखि रुसको शासनको बागडोर सम्हालेका पुटिन सम्पूर्ण विवरणमा बलियो पकड राख्ने नेताका रुपमा परिचित छन्। द्विपक्षीय वार्तामा विपक्षीलाई कमजोर देखाउन उनी सिपालु मानिन्छन्।

जो बाइडेनको पालामा राष्ट्रिय सुरक्षा परिषदको रुस हेर्ने निर्देशक रहेका एरिक ग्रिनका अनुसार पुटिन आफ्नो त्यो सीपलाई प्रयोग गरेर विपक्षीलाई फसाउँछन् र वार्तालाई आफूले चाहेको विषयतर्फ मोड्छन् अनि सुन्दा होजस्तो लाग्ने तर झुटा कुरामा सहमत गराउँछन्। यस्ता उच्चस्तरीय बैठकबारे राष्ट्रपतिलाई तयार पार्ने काम अमेरिकी राष्ट्रिय सुरक्षा परिषदले गर्ने गर्छ। तर, परिषदको जनशक्ति यसपालि कटौती गरिएको छ। दर्जनौँ विज्ञहरूलाई गत मे महिनामा कामबाट निकालिएको थियो।

अमेरिकी विदेश मन्त्रालयले पनि १३ सयभन्दा बढी कर्मचारी निकालेको छ। जनवरीयता २५ प्रतिशतले काम छाडेको बताइएको छ। रुस र युक्रेन मामिला हेर्ने शीर्ष पदहरू रिक्त छन्।

ट्रम्पले व्यक्तिगत सम्बन्ध र आफ्नो सहज ज्ञानका आधारमा कूटनीति सञ्चालन गर्ने गर्छन्। पुटिनसँग बसेको ‘दुई मिनेटमै’ प्रगति सम्भव छ कि छैन थाहा पाउने दाबी ट्रम्पले गरेका छन्। तर ट्रम्प हत्तपत्त अरुको कुरा सुन्न तयार हुँदैनन्। उनको पहिलो कार्यकालमा ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकार रहेको जोन बोल्टन भन्छन्, ‘उनी विरलै तयारी गर्छन्।’

बोल्टनका अनुसार २०१८ को पुटिनसँगको बैठकका लागि हेलसिंकी जाँदै गर्दा उनले ट्रम्पलाई आणविक हतियारबारे ब्रिफिङ गर्ने कोसिस गरेका थिए। त्यतिबेला ट्रम्प भने फुटबल हेरिरहेका थिए।

एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर