२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कारागारभित्र हातहतियार, मादक पदार्थ कसरी जान्छ ? सांसद झाको प्रश्न

२९ श्रावण २०८२, बुधबार १६:२८

काठमाडौँ | जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले कारागारभित्र हातहतियार, मादक पदार्थ कसरी जान्छ ? भन्दै प्रश्न उठाएकी छिन् ।

बुधबार बसेको कानुन न्याय तथा मानवअधिकार समितको बैठकमा उनले गृहमन्त्री रमेश लेखकलाई यस्तो प्रश्न गरेकी हुन् । कारागार सुरक्षाका लागी जेलर, सुरक्षा दिने निकाय हुँदाहुँदै पनि कारागारभित्र अवैध कारोबार भइरहेको उनको भनाइ छ । कारागारभित्र खुलेआम रुपमा पैसाको लेनदेन, मादकपदार्थको विक्री वितरणका साथै हातहतियार समेत प्रवेश गर्नु गम्भिर भएको उनले बताइन् ।

‘कारागारभित्र हातहतियार कसरी जान्छ ? कारागारभित्र मादक पदार्थ कसरी जान्छ ? कारागार भित्र हामी सुरक्षा गर्नलाई कारागारमा जेलरको व्यवस्था गरेका छौं,’ उनले भनिन्, ‘सुरक्षा दिने निकाय छ, हामीसँग । प्रशासन छ, हामीसँग । तर भित्र चाँही पैसाको लेनदेन, मादक पदार्थको बिक्री वितरण । त्यसपछि हातहतियार समेत पुगेको अवस्था । कसरी हुन्छ, यतातिर मन्त्रालयलाई गम्भिर हुन म आग्रह गर्न चाहन्छु ।’

 

कारागारमा चौकीदार, नाइके, भाईनाइके जस्तो नेतृत्वमा पुग्नको लागी हिसांत्मक घटना हुने गरेकोमा उनले चिन्ता व्यक्त गरिन् । उनले क्षमताभन्दा बढी कैदीबन्दी राख्दा पनि कारागारमा समस्या आउने गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन