2026-10-05 05:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कारागारभित्र हातहतियार, मादक पदार्थ कसरी जान्छ ? सांसद झाको प्रश्न

काठमाडौँ | जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले कारागारभित्र हातहतियार, मादक पदार्थ कसरी जान्छ ? भन्दै प्रश्न उठाएकी छिन् ।

बुधबार बसेको कानुन न्याय तथा मानवअधिकार समितको बैठकमा उनले गृहमन्त्री रमेश लेखकलाई यस्तो प्रश्न गरेकी हुन् । कारागार सुरक्षाका लागी जेलर, सुरक्षा दिने निकाय हुँदाहुँदै पनि कारागारभित्र अवैध कारोबार भइरहेको उनको भनाइ छ । कारागारभित्र खुलेआम रुपमा पैसाको लेनदेन, मादकपदार्थको विक्री वितरणका साथै हातहतियार समेत प्रवेश गर्नु गम्भिर भएको उनले बताइन् ।

‘कारागारभित्र हातहतियार कसरी जान्छ ? कारागारभित्र मादक पदार्थ कसरी जान्छ ? कारागार भित्र हामी सुरक्षा गर्नलाई कारागारमा जेलरको व्यवस्था गरेका छौं,’ उनले भनिन्, ‘सुरक्षा दिने निकाय छ, हामीसँग । प्रशासन छ, हामीसँग । तर भित्र चाँही पैसाको लेनदेन, मादक पदार्थको बिक्री वितरण । त्यसपछि हातहतियार समेत पुगेको अवस्था । कसरी हुन्छ, यतातिर मन्त्रालयलाई गम्भिर हुन म आग्रह गर्न चाहन्छु ।’

 

कारागारमा चौकीदार, नाइके, भाईनाइके जस्तो नेतृत्वमा पुग्नको लागी हिसांत्मक घटना हुने गरेकोमा उनले चिन्ता व्यक्त गरिन् । उनले क्षमताभन्दा बढी कैदीबन्दी राख्दा पनि कारागारमा समस्या आउने गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर