2026-10-05 05:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुण्डा नाइके चक्रेको बयान: म एमाले राजनीतिमा सक्रिय छु, युवालाई भेला गर्नु गल्ती भयो

काठमाडौँ | गुण्डा नाइके भनेर चिनिएका मिलन गुरुङ उर्फ चक्रे मिलनसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। उनीहरूको मुद्दा काठमाडौं जिल्ला न्यायाधीश खिमानन्द भुसालको इजलामा विचाराधीन छ र बयान भइरहेको छ।

चक्रेसहित उनीहरूलाई महाराजगन्जस्थित होटल साम्बालाबाट १५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त अपरेशनमा समातिएको थियो । सुरुमा ४७ जनालाई पक्राउ गरिएको थियो भने २८ जनालाई पछि छाडिएको थियो । प्रहरीले चक्रेको जन्मदिनको पार्टीमा होहल्ला गरेको भन्दै उनीहरूलाई समातेको बताएको थियो ।

चक्रेले प्रहरी समक्ष बयान दिँदै आफूले कुनै गुण्डागर्दी नगरी सामाजिक सेवा र पार्टीगत कामका साथीहरूसँग जन्मदिन मनाएको बताएका छन्। उनले भनेका छन्, ‘हामीले सार्वजनिक स्थानमा भेला जम्मा भई केक मात्र काटी रमाइलो गरेका थियौं । तर धारिलो हतियार प्रदर्शन गर्ने, सार्वजनिक आवगमनमा नै अवरोध खडा गर्ने जस्ता कार्यहरू गरेको थिएन, छैन । यसरी ठूला संख्यामा युवाहरूलाई भेला जम्मा गरी आफ्नो जन्म दिन मनाउने कार्यक्रम सञ्चालन गर्नु नै मेरो गल्ती भयो ।’

उनले आफू हाल नेकपा एमाले पार्टीको गोरखास्तरीय पार्टीको सदस्य भई पार्टीगत रुपमा नेपालको विभिन्न वडा क्षेत्रमा आयोजना हुने कार्यक्रम र सामाजिक सेवामा सहभागी हुनेगरेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर