२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहकारी ठगी प्रकरण : कांग्रेस उपसभापति धनराजलाई उन्मुक्ति,सीआईबीले बुझायो प्रतिवेदन

२०८२, २९ श्रावण बुधबार १७:३३

काठमाडौँ | नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ समेत जोडिएको ललितपुर महालक्ष्मी स्थानमा रहेको मितेरी सहकारी ठगी प्रकरणको अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा उपसभापति गुरुङको स‌ंलग्नताबारे प्रमाण फेला नगरेकोले उनलाई मुद्दाका चलाउने राय दिइएको छैन । सीआईबि को अनुसन्धानबाट गुरुङले उन्मुक्ति पाएका छन् ।

केन्द्रीय अनुन्सन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सकेर आज बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो । सीआईबीको अनुसन्धान प्रतिवेदन अध्ययनपछि सरकारी वकिल कार्यालय जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गर्नेछ ।

सहकारी ठगी प्रकरणमा ११ जनालाई प्रतिवादी बनाउनु पर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइएको सीआईबीका एसएसपी होविन्द्र बोगटीले बताए । ‘हाम्रोतर्फको काम सकाएर प्रतिवेदन बुझाएका छौं । अब को–कसलाई कसरी मुद्दा लाने भन्ने निर्णय सरकारी वकिल कार्यालयले गर्नेछ,’ एसएसपी बोगटीले भने ।

 

सहकारी ठगी प्रकरणमा ११ जनालाई प्रतिवादी बनाउन प्रहरीले राय दिएकाे छ । कांग्रेसका उपसभापति धनराज गुरुङलाई भने उन्मुक्ति दिइएको छ । उनलाई प्रतिवादी बनाउन सीआईबीले सुझाएको छैन ।

यसबारे जिज्ञासा राख्दा सीआईबीका एक अनुसन्धान अधिकृतले भने कुनै प्रमाण फेला नपरेकाले प्रतिवादी नबनाइएको बताए ।

‘हामीले अनुसन्धान गर्‍यौं । पक्राउ परेकाहरूसँग बयान गर्दा पनि धनराजको विषय खुलेन । प्रमाणबिना प्रतिवादी बनाउने कुरा पनि भएन,’ ती अधिकृतले भने ।

धनराज नै यो सहकारीमा जोडिएको भन्दै यसअघि आरोप लाग्दै आएको थियो । तर धनराजकी पूर्वश्रीमती ज्योति गुरुङसहित ११ जना प्रतिवादी बनाउन सिफापरिस गर्दा धनराजले भने उन्मुक्ति पाएका छन् ।

ज्योति गुरुङसँगै बर्दियाको बाँसगढी गाउँपालिका–७ घर भएका ४२ वर्षीय ज्योतिबहादुर भण्डारी, धादिङको धुनीवेशी नगरपालिका–९ घर भएका सुवास खत्री, बाँसगढी–७ का सुरेश अधिकारी, प्रकाश थापा, हितमान थापासहित ११ जनालाई प्रतिवादी बनाउन सीआईबीले सिफारिस गरेको छ । जसमध्ये भण्डारी, खत्री र अधिकारीमात्रै पक्राउ परेका छन् ।

जसमा सहकारीको करिब १४ करोड ठगी गरिएको उल्लेख गर्दै सोही अनुसारको बिगो मागदाबी गरिएको छ । यसका साथै सहकारीको रकम तिर्ने भन्दै उल्टै सहकारीका सञ्चालकहरूको करिब साढे तीन करोड रुपैयाँ ठगी गरेको भन्दै उक्त बिगो पनि मागदाबी गर्नुपर्ने राय सीआईबीले दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन