२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहकारी ठगी प्रकरण : कांग्रेस उपसभापति धनराजलाई उन्मुक्ति,सीआईबीले बुझायो प्रतिवेदन

२९ श्रावण २०८२, बुधबार १७:३३

काठमाडौँ | नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ समेत जोडिएको ललितपुर महालक्ष्मी स्थानमा रहेको मितेरी सहकारी ठगी प्रकरणको अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा उपसभापति गुरुङको स‌ंलग्नताबारे प्रमाण फेला नगरेकोले उनलाई मुद्दाका चलाउने राय दिइएको छैन । सीआईबि को अनुसन्धानबाट गुरुङले उन्मुक्ति पाएका छन् ।

केन्द्रीय अनुन्सन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सकेर आज बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो । सीआईबीको अनुसन्धान प्रतिवेदन अध्ययनपछि सरकारी वकिल कार्यालय जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गर्नेछ ।

सहकारी ठगी प्रकरणमा ११ जनालाई प्रतिवादी बनाउनु पर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइएको सीआईबीका एसएसपी होविन्द्र बोगटीले बताए । ‘हाम्रोतर्फको काम सकाएर प्रतिवेदन बुझाएका छौं । अब को–कसलाई कसरी मुद्दा लाने भन्ने निर्णय सरकारी वकिल कार्यालयले गर्नेछ,’ एसएसपी बोगटीले भने ।

 

सहकारी ठगी प्रकरणमा ११ जनालाई प्रतिवादी बनाउन प्रहरीले राय दिएकाे छ । कांग्रेसका उपसभापति धनराज गुरुङलाई भने उन्मुक्ति दिइएको छ । उनलाई प्रतिवादी बनाउन सीआईबीले सुझाएको छैन ।

यसबारे जिज्ञासा राख्दा सीआईबीका एक अनुसन्धान अधिकृतले भने कुनै प्रमाण फेला नपरेकाले प्रतिवादी नबनाइएको बताए ।

‘हामीले अनुसन्धान गर्‍यौं । पक्राउ परेकाहरूसँग बयान गर्दा पनि धनराजको विषय खुलेन । प्रमाणबिना प्रतिवादी बनाउने कुरा पनि भएन,’ ती अधिकृतले भने ।

धनराज नै यो सहकारीमा जोडिएको भन्दै यसअघि आरोप लाग्दै आएको थियो । तर धनराजकी पूर्वश्रीमती ज्योति गुरुङसहित ११ जना प्रतिवादी बनाउन सिफापरिस गर्दा धनराजले भने उन्मुक्ति पाएका छन् ।

ज्योति गुरुङसँगै बर्दियाको बाँसगढी गाउँपालिका–७ घर भएका ४२ वर्षीय ज्योतिबहादुर भण्डारी, धादिङको धुनीवेशी नगरपालिका–९ घर भएका सुवास खत्री, बाँसगढी–७ का सुरेश अधिकारी, प्रकाश थापा, हितमान थापासहित ११ जनालाई प्रतिवादी बनाउन सीआईबीले सिफारिस गरेको छ । जसमध्ये भण्डारी, खत्री र अधिकारीमात्रै पक्राउ परेका छन् ।

जसमा सहकारीको करिब १४ करोड ठगी गरिएको उल्लेख गर्दै सोही अनुसारको बिगो मागदाबी गरिएको छ । यसका साथै सहकारीको रकम तिर्ने भन्दै उल्टै सहकारीका सञ्चालकहरूको करिब साढे तीन करोड रुपैयाँ ठगी गरेको भन्दै उक्त बिगो पनि मागदाबी गर्नुपर्ने राय सीआईबीले दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन