२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भैरहवामा विश्वकै ७औं विषालु रसेल्स भाइपर फेला: भाइपर देखिँदा स्थानीय त्रसित

२०८२, ३० श्रावण बिहीबार १३:०६

काठमाडौँ | रुपन्देहीको भैरहवामा अत्यन्तै विषालु सर्प रसेल्स भाइपर फेला परेको छ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै उक्त सर्प देखिएपछि स्थानीयले सर्प उद्धारकर्ता तिलोत्तमाका विशाल पाण्डे र बुटवलका नवीन पौडेललाई खबर गरेका थिए । त्यसपछि भैरहवा पुगेर उक्त सर्पलाई मानव वस्तीबाट टाढा सुरक्षित स्थानमा लगेर छाडेको उद्धारकर्ता विशाल पाण्डेले बताए ।

उनका अनुसार रसेल्स भाइपर विश्वका सबैभन्दा विषालु र खतरनाक सर्पमध्ये ७ औं स्थानमा छ । यो सर्पको विष मानव शरीरको हेमोटोक्सिनमा प्रत्यक्ष असर गर्ने प्रकारको हुने सर्पका प्रजातिबारे जानकार पाण्डेले बताए । जसले रगतको गडबडी, आन्तरिक रक्तस्राव र अन्य गम्भीर स्वास्थ्य समस्या निम्त्याउने उनले बताए ।

 

रसेल्स भाइपरको शरीरमा खैरोदेखि पहेँलो–खैरो पृष्ठभूमिमा ठूला गोलाकार वा अण्डाकार गाढा खैरो–कालो दाग हुन्छन् । जसको किनार सेतो–फिका पहेँलो रेखाले घेरिएको हुन्छ । त्यसैले धेरैजना यसलाई देख्दा अजिङ्गर सर्प भनेर झुक्किने अर्का उद्धारकर्ता नवीन पौडेल बताउँछन् ।

यो सर्प नेपालमा मुख्यत: तराईका तातो र सुख्खा क्षेत्रमा पाइने पौडेल बताउँछन् । उनका अनुसार रुपन्देहीको भैरहवा वरिपरि, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर रसेल्स भाइपरको मुख्य बासस्थान हो ।

 

नेपालबाहिर यो सर्प भारत, श्रीलंका, बंगलादेश, म्यानमार, थाइल्यान्ड र दक्षिण–पूर्वी एसियाका केही भागमा पनि पाइन्छ । यसको नाम Russell ब्रिटिश प्राणी विज्ञ Patrick Russell को नामबाट राखिएको हो ।

यो सर्प प्राय: धानका खेत, घाँसे मैदान, झाडी वरिपरि र घर वरिपरिको खुला ठाउँमा विशेष गरी बेलुकीपख वा राति देखिने भएकाले यसको डसाइको जोखिम हुने भएकाले उक्त समयमा सावधानी अपनाउनुपर्ने पाण्डेले सुझाए ।

सर्प उद्धारकर्ता पाण्डे र पौडेलले यो वर्ष रुपन्देहीमा एउटै घरबाट २३ वटासम्म विषालु गोमन सर्पसहित तीन सय बढी सर्प घरबाट उद्धार गरेर सुरक्षित स्थानमा छाडेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण