२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागढुंगा सुरुङमार्गमा यात्राको शुल्क सार्वजनिक, मोटरसाइकललाई प्रवेश निषेध

२०८२, ३० श्रावण बिहीबार १७:५२

काठमाडौँ | सरकारले मुलुककै पहिलो नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर रकम तोकेको छ । यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकबाट सुरुङमार्गको उपभोग दस्तुर तोकिएको हो ।

कार र भ्यान काठमाडौं आउँदा प्रत्येकपल्ट ६५ र बाहिर जाँदा ६० रुपैयाँ दस्तुर तोकिएको छ । मिनिबस र ट्रक काठमाडौं आउँदा ११५ र जाँदा ८० रुपैयाँ तोकिएको छ । ठूला बस र ट्रक काठमाडौं आउँदा २६० र जाँदा २०० रुपैयाँ दस्तुर तोकिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । मन्त्री गुरुङका अनुसार, भारी उपकरण काठमाडौं ल्याउँदा ६०० र लैजाँदा २५० रुपैयाँ तोकिएको छ ।

सुरुङमार्गबाट मोटरसाइकल चलाउन नपाइने व्यवस्था गरिएको छ । सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ढिलोमा एक वर्षभित्र सुरुङमार्ग सञ्चालनमा ल्याइने उनले बताए । सुरुङमार्ग दुई हजार ६८८ मिटर लामो छ । सुरुङमार्ग ०७६ कात्तिक ४ गतेदेखि निर्माण थालिएको थियो । ०८० वैशाखसम्म सम्पन्न गर्नुपर्ने सम्झौता थियो । तर, कोरोना तथा स्थानीयको अवरोधका कारण म्याद थपिएको थियो ।

सोहीअनुसार सरकारले पटक–पटक म्याद सम्झौता गरेको छ । पहिलो सम्झौताअनुसार सुरुङमार्गको कार्य सम्पन्न भएन । त्यसपछि पहिलोपटक ०८० असार मसान्तसम्म समय थपिएको थियो । ०८१ वैशाख १३ सम्म म्याद थपिए पनि काम सकिएन । आयोजनासँग अब ०८२ असोजसम्म म्याद छ ।

आयोजना सुरू गर्दा ४२ महिनामा सकाउने लक्ष्य थियो । सुरुङमार्ग निर्माणपछि सिस्ने खोलाबाट बलम्बु करिब सात मिनेटमा यात्रा गर्न सकिने आयोजनाले जनाएको छ । सिस्ने खोलाबाट नागढुंगा सडक हुँदै बलम्बुसम्म आइपुग्न औसत ३३ मिनेट बढी लाग्ने गरेको छ । मुख्यसँगै आपत्कालीन सुरुङ समेत निर्माण गरिँदै छ । आपत्कालीन सुरुङको दूरी दुई हजार ५५७ मिटर रहेको आयोजनाले जनाएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा सुरुङ निर्माण गरिएको हो । सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले पाएको थियो । यसको कुल ठेक्का रकम २२ अर्ब रुपैयाँ छ । सुरूङमार्ग निर्माण गर्न जापान सरकारको १६ अर्ब सहुलियतपूर्ण ऋण र सरकारको ६ अर्ब रुपैयाँ लगानी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण