2026-10-25 06:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म एआई प्रयोग गर्छु,सबै भन्दिहाल्छ तर,यसले हाम्रो मस्तिष्कलाई जित्दैन:प्रधानमन्त्री ओली

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि एआई प्रविधि भरपुर उपयोग गरिरहेको बताएका छन् । शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२५ को पावर संवादमा भाग लिँदै प्रधानमन्त्री ओलीले आफूले पनि एआई मज्जाले चलाइरहेको बताए ।

‘अहिले डिजिटल युगमा म पनि एआई प्रयोग गर्छु, च्याटजीपीटीले सबै भन्दिहाल्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘तर, हुर्कदै गर्दा अरु कुरा सिकाउनुपर्छ। म पनि एआईको भरपुर उपयोग गर्छु। च्याटजीपीटीलाई सोध्यो भने सबै भन्दिहाल्छ।’ तर, कलिला बालबालिकालाई भने मोबाइलबाट जोगाउनुपर्नेमा प्रधामन्त्री ओलीले जोड दिए। उनले बालबालिकाहरू मोबाइलमा गेम खेल्नेतिर मात्र गएको भन्‍दै बालबालिकालाई थप अरू सिर्जनात्मक काममा लगाउनु पर्ने बताए ।

उनले भने, ‘बालबालिकालाई मोबाइलबाट जोगाउ भन्ने अवस्था आइसक्यो। मोबाइल यस्तो भयो, जे खोजे पनि पाइन्छ,’ उनले भने, ‘त्यसैले आकर्षणको केन्द्र भयो। यसमा खाली गेमको कुरा हैन अरु पनि छन् । साना उमेरमा बच्चालाई जोगाउनुपर्छ।’

 

एआईसम्बन्धी नीति मन्त्रिपरिषदबाट पास

उनले प्रविधिको प्रयोगमा युवाहरुको आकर्षण बढाउनुपर्नेमा जोड दिए । ‘मैले त प्रयोग गरिरहेको हुन्छु भने युवाले झन् गर्नुपर्छ। यस्ता राम्रा कुरा बालबालिकालाई सिकाउनुपर्छ’ उनले भने ।

आफू टेक्निकल क्षेत्रको मान्छे नभए पनि आईसीटी र एआई अघि बढाउने नीति सरकारले मन्त्रिपिषदबाट पास गरिसके समेत बताए । उनले भने, ‘म टेक्निकल क्षेत्रको मान्छे हैन, एआईको पनि हैन तर, कसरी आईसीटी र एआईलाई अघि बढाउने सोचिरहेका छौँ । हिजोमात्र एआईसम्बन्धी नीति मन्त्रिपरिषदबाट पास गरेका छौँ। यसमा धेरै काम गर्न आवश्यक छ।’

 

संसारमा जुनसुकै प्रविधि आए पनि मानव मष्तिष्कलाई कसैले पनि जित्न नसक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘अहिले एआईसँग मान्छे डराएको देख्छु। तर, मानव मस्तिष्कलाई कसैले च्यालेन्ज गर्न सक्दैन। यो सृष्टिलाई जित्न सक्दैन,’ उनले भने।

प्रधानमन्त्री ओलीले नेपालको मुहार फेर्न नयाँ पुस्ता सक्षम रहेको भन्‍दै सरकारले साथ दिनेसमेत प्रतिबद्धता व्यक्त गरे । नयाँ पुस्ताले अवसर पाए काम गर्न पनि सक्ने उनको विश्वास थियो । उनले भने, ‘हाम्रा सिङ्गै नयाँ पुस्ता ट्यालेन्ट छन् । अवसर पाए गर्नसक्छन् र त्यो अवसर लिने क्रममा सरकारले पूर्ण साथ दिन्छ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने