२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मोदीले भने : आणविक धम्की र ब्ल्याकमेलिङ सहन नसक्ने,दीपावलीमा उपहार दिन्छु

३१ श्रावण २०८२, शुक्रबार १३:१७

भारतले आज आफ्नो ७९ औँ स्वतन्त्रता दिवस मनाएको छ। लाल किल्लाको पर्खालमा तिरंगा (झण्डा) फहराइसकेपछि राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले अपरेशन सिन्दूरका बहादुर सिपाहीहरूलाई सलाम गर्ने अवसर मिलेको बताएका छन्। लाल किल्लाको पर्खालबाट १२ औँ पटक तिरंगा फहराएका उनले आफ्ना सिपाहीले शत्रुहरूले गरेको कल्पनाभन्दा बाहिरको दण्ड दिएको बताएका हुन्।

प्रधानमन्त्री मोदीले भने, ʻभारतले रगत र पानी एकसाथ बग्ने छैन भन्ने निर्णय गरेको छ।ʼ उनले भारतीय नदीको पानीले शत्रुहरूको खेत सिँचाइ गरिरहेको बताए। भारतले आफ्नो भागको पानी पाउने उनले बताए। मोदीले भने,ʻयसमा भारतका किसानहरूको अधिकार छ। सिन्धु सम्झौता एकतर्फी र अन्यायपूर्ण थियो। यो सम्झौता राष्ट्रिय हितमा स्वीकार्य छैन।ʼ

प्रधानमन्त्री मोदीले भारतले आणविक धम्की सहन नसक्ने बताए। उनले अब आफूहरु ब्ल्याकमेलिङ सहन नसक्ने बताए। उनले भने,ʻदेशलाई विकसित बनाउन हामी अब समुद्र मन्थनतर्फ अघि बढिरहेका छौँ। हामी हाम्रो समुद्र भित्र तेल र ग्यासको भण्डार खोज्ने दिशामा मिसन मोडमा काम गर्न चाहन्छौँ।ʼ

प्रधानमन्त्री मोदीले भारतसँग लडाकु विमानका लागि आफ्नै मेड इन इन्डिया जेट इन्जिन हुनुपर्ने बताए। उनले भने,ʻविकसित भारतको आधार पनि आत्मनिर्भर भारत हो। यदि कोही अरूमा धेरै निर्भर हुन्छ भने स्वतन्त्रताको प्रश्न आफैँमा हराउन थाल्छ।ʼ

प्रधानमन्त्री मोदीले देशका प्रत्येक नागरिकले अन्तरिक्ष क्षेत्रको चमत्कार देखिरहेको बताए। उनले भने,ʻहामी अन्तरिक्षमा आत्मनिर्भर भारत गगनयानको लागि पनि तयारी गरिरहेका छौँ। हामी आफ्नै अन्तरिक्ष स्टेशन निर्माण गर्ने दिशामा काम गरिरहेका छौँ।ʼ

प्रधानमन्त्री मोदीले दीपावलीमा देशवासीहरूले धेरै ठुलो उपहार पाउने बताए। उनले भने, ʻविगत आठ वर्षमा हामीले जीएसटीमा ठुलो सुधार गरेका छौँ। अब हामी अर्को पुस्ताको जीएसटी सुधार ल्याउँदैछौं। यो दिवालीमा तपाईंका लागि उपहार हुनेछ।ʼ

प्रधानमन्त्री मोदीले सामान्य मानवीय आवश्यकताका लागि करमा उल्लेखनीय कमी ल्याइने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने