२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रुसी विदेशमन्त्री अलास्का पुगे,किन बीचमै रोकिए पुटिन ?

३१ श्रावण २०८२, शुक्रबार १६:३६

अलास्का अमेरिकामा पर्छ । तर, त्यो अलास्का कुनै बेलामा रुसले सस्तोमा अमेरिकालाई बेचेको थियो । तर, यही अलास्काबाट अमेरिकाले प्रशस्त आम्दानी गरेको थियो । संयोग, त्यही अलास्कामा अमेरिका र रुसका राष्ट्रपति वार्ता गर्दै छन् ।

रुस–युक्रेन युद्धविरामका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वार्ता हुँदै छ । आज हुने त्यो वार्ताका लागि विशेषस्थान पनि पहिचान गरिसकिएको छ । ट्रम्प र पुटिनबीच अलास्काको एन्करेजस्थित अमेरिकी सेना र वायु सेनाको संयुक्त सैन्य अड्डामा वार्ता हुनेछ । अनि, त्यो वार्ताका लागि रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोव अलास्का पुगिसकेका छन् ।

लाभ्रोवसँगै अमेरिकाका लागि रुसी राजदूत अलेक्जेन्डर दार्चियभ पनि अलास्का पुगेका छन् । ट्रम्प र पुटिनबीच शुक्रबार बिहान साढे ११ बजे भेट हुनेछ, भने रुसको समयअनुसार चाहिँ राति साढे १० बजे भेट सुरु हुनेछ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उनीहरूको बारेमा सामाचारहरू अपडेट गराइरहेका छन् । त्यही क्रममा रुसी समाचार संस्था तासका अनुसार अलास्कामा पुटिन र ट्रम्पबीच हुने वार्तामा दोभाषेमात्रै सहभागी हुनेछन् । त्यसो त यो वार्तामा युक्रेनमा युद्धविराम विषयमा केन्द्रित रहेर छलफल हुनेछ ।

अलास्का जाने रूसी टोलीमा विदेशमन्त्री लाभ्रोव, पुटिनका सहयोगी उशाकोभ, रक्षामन्त्री आन्द्रे बेलाउशोभ, अर्थमन्त्री एन्टोन सिलाउनोभ, विदेशसँगको लगानी र आर्थिक सहकार्यका लागि राष्ट्रपति विशेष प्रतिनिधि र रूसी प्रत्यक्ष लगानी कोषका प्रमुख किरिल दिमित्रिएभ रहेको रुसी सञ्चार माध्यम तासले उल्लेख गरेको छ ।

पुटिन मस्कोबाट उडिसकेका भए पनि सुदूरपूर्वी रूसको मगादानमा रोकिएका छन् । त्यहाँ उद्योग, सांस्कृतिक केन्द्र, खेलकुद सुविधा र स्मारक भ्रमण गर्ने कार्यक्रम छ । त्यसपछि पुटिन सिधै अलास्का जाने र त्यहाँ ट्रम्पसँग शिखर वार्तामा सहभागी हुने भनेर तासले लेखेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो