२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विशेष अदालतको नयाँ अध्यक्षमा सुदर्शनदेव भट्ट प्रस्तावित

३१ श्रावण २०८२, शुक्रबार १७:१९

काठमाडौँ | न्यायपरिषद्ले विशेष अदालतको अध्यक्षसहित चार जना नयाँ सदस्यहरूको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टलाई विशेष अदालतको अध्यक्षमा नियुक्त गर्न परामर्श दिएको हो ।

विशेष अदालतका अध्यक्ष र सदस्यहरू न्यायपरिषद्को परामर्शमा सरकारले तोक्ने कानुनी व्यवस्था छ । न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई विशेष अदालतको सदस्यमा सिफारिस गरेको छ ।

 

उच्च अदालतको वीरगञ्ज इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र वीरगञ्ज इजलासका न्यायाधीश उमेश कोइरालालाई सदस्य तोक्ने न्यायपरिषद्ले परामर्श दिएको हो । हाल विशेष अदालतका अध्यक्ष रहेका टेकनारायण कुँवर उच्च अदालत जनकपुरको न्यायाधीशमा सरुवा भएका छन् ।

 

विशेष अदालतका सदस्य तेजनारायण सिंह राई उच्च अदालत पोखरामा, रामबहादुर थापा उच्च अदालत जनकपुरको राजविराज इजलासमा, मुरारीबाबु श्रेष्ठ उच्च अदालत जनकपुरमा, रितेन्द्र थापा उच्च अदालतको वीरगञ्ज इजलासमा सरुवा भएका हुन् ।

विशेष अदालतमा अहिले भएको न्यायाधीशहरूको सेट दुई वर्ष पुरानो हो । दुई वर्ष एक ठाँउमा बसेका न्यायाधीशहरूको सरुवा गर्ने अभ्यास अनुसार न्यायपरिषदले न्यायाधीशहरू सरुवा गरेको हो ।

विशेष अदालतका सदस्य बिदुर कोइराला मात्रै यथावत् रहेका छन् । उनी एक वर्षमा मात्रै सरुवा भएर विशेष अदालत आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल