2026-09-13 02:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपाको घन्टीमा बज्यो नयाँ ताल, पार्टीमा प्रवेश गर्नेको लहर,पूर्व डीआईजीदेखि पूर्व कर्नेलसम्म

सशस्त्र प्रहरी बलका दुई जना पूर्वडीआईजी र एक जना पूर्वएसएसपीलाई कार्यबाहक सभापतिको जिम्मेवारीमा रहेका उपसभापति डीपी अर्यालले पार्टीमा छिराए। रास्वपा प्रवेश गर्ने पूर्वडीआईजीमा विदूर खड्का र दुर्गा भट्टराई तथा पूर्व एसएसपीमा विश्वेश्वर थापा छन्। उनीहरू केन्द्रीय कार्यालय वनस्थलीमा कार्यवाहक सभापति अर्यालको हातबाट औपचारिक रूपमा रास्वपा प्रवेश गरेका हुन्।

काठमाडौँ | नेकपा एमाले र नेपाली कांग्रेसलाई गाली गरी ‘घन्टी’ ब्याच लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्नेको लहरको सुरुआत भएको छ। सशस्त्रका दुई पूर्वडीआईजी रास्वपा प्रवेश गरे। महिनाको अन्तिम विहीबार पारेर रास्वपाले केही मानिसलाई पार्टीमा प्रवेश गरायो। उक्त दिन रास्वपाले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्दै आएको छ।

सोही मेसो मिलाएर सशस्त्र प्रहरी बलका दुई जना पूर्वडीआईजी र एक जना पूर्वएसएसपीलाई कार्यबाहक सभापतिको जिम्मेवारीमा रहेका उपसभापति डीपी अर्यालले पार्टीमा छिराए। रास्वपा प्रवेश गर्ने पूर्वडीआईजीमा विदूर खड्का र दुर्गा भट्टराई तथा पूर्व एसएसपीमा विश्वेश्वर थापा छन्। उनीहरू केन्द्रीय कार्यालय वनस्थलीमा कार्यवाहक सभापति अर्यालको हातबाट औपचारिक रूपमा रास्वपा प्रवेश गरेका हुन्।

रास्वपा प्रवेश गरेका पूर्वडीआईजी खड्का सशस्त्रमा नेपाली सेनाबाट स्थानान्तरण भई आएका थिए। उनी सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको कार्यकालमै बलको केन्द्रीय प्रवक्ता बनेका थिए। दुर्गा भट्टराई र विश्वेश्वर थापा नेपाल प्रहरीबाट सशस्त्रमा स्थानान्तरण भई आएका थिए। भट्टराई नम्बर ६ बाहिनी कार्यालयको बाहिनीपति रहेकै बेला ३० बर्से सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका थिए। यता, नेपाली कांग्रेस सम्बद्ध ट्रेड युनियनका उपाध्यक्ष ललितबहादुर श्रेष्ठलाई पनि रास्वपामा स्वागत गरियो।

श्रेष्ठ बिहीबार रास्वपा प्रवेश गरेको प्रवक्ता मनीष झाले जानकारी दिए। उनका अनुसार नेपाली सेनाका पूर्वकर्नेल प्रद्युम्न पौडेल पनि रास्वपा प्रवेश गरेका छन्। यस्तै अन्तर्राष्ट्रिय लायन्स क्लबको पूर्वगभर्नर तथा रेयुकाई नेपालका पूर्वअध्यक्ष शोभा जोशी पनि रास्वपा प्रवेश गरेकी छन्। रास्वपा यस हिसाबले फुलीरहेको छ। यो ठ्याक्कै ०६४ को संविधान सभा निर्वाचनअघि माओवादीमा प्रवेश गर्ने, एकीकरण हुने क्रमको निरन्तरता जस्तो देखिएको छ।

त्यसबेला राजतन्त्र ढलेपछि राजाका पालमा मन्त्री भएका राधाकृष्ण मैनालीहरुदेखि पारस शाहका पछाडि लागेका युवालाई पनि माओवादीले स्पेश दिएको थियो। मैनालीलगायतका पूर्वराजावादीलगायतका नेता व्यवस्थापनका लागि माओवादीले छुट्टै मोर्चा तय गरेको थियो भने युवा व्यवस्थापनका लागि अर्ध सैनिक बल मानिने योङ कम्युनिस्ट लिग (वाईसीएल)लाई चलायमान बनाएको थियो।

यति मात्र नभएर माओवादीमा पनि त्यसबेला नेपाली सेनाका पूर्वउपरथी कुमार फुदुङ सुनसरी–२ मा उम्मेदवार बनाइएका थिए तर एमालेका धर्म भुसालसँग पराजित भए। पछिल्लो चरणमा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा गृहमन्त्री रहेका बेला नेपाल प्रहरीका आईजी बनेका रविन्द्रप्रताप शाहलाई पनि माओवादीले सांसद नै बनाएको थियो, समानुपातिकमा।

यहि क्रमको निरन्तरता जस्तै दखिनेगरी अहिले रास्वपामा आकर्षण बढेको सँगै प्रवेश गर्नेको उपक्रम पनि निरन्तर चलिरहेको छ। रास्वपाले ३२ लाख हस्ताक्षर पनि संकलन गरिसकेको दाबी गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले