१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

शिक्षकको टाउकोमा गोली हानी हत्या,मोटरसाइकलमा आएका हतियारधारी

३२ श्रावण २०८२, शनिबार १०:५५

काठमाडौँ । सर्लाहीमा एक जना शिक्षकको गोली हानी हत्या भएको छ । शिक्षक रामपुकार यादवको हत्या भएको प्रहरीले जनाएको छ ।शिक्षक यादवमाथि राति साढे ८ बजेतिर घर अगाडि मोटरसाइकलमा आएका हतियारधारीले गोली हानेर भागेका थिए ।

 

टाउकोमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारको लागि महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

शिक्षकलाई गोली प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् तर प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन । गोली प्रहार गरी भाग्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा ती व्यक्ति पक्राउ परेका हुन् ।

 

पक्राउ परेका व्यक्ति पनि दुर्घटनामा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए । उनको सर्लाहीको लालबन्दीस्थित मोडेल अस्पतालबाट थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

घटनामा संलग्न केही व्यक्ति भने फरार छन् । उनीहरुको खोजी भरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल