२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उद्योग धन्दाहरूमा दिएको विद्युत्को महसुल नतिरेर थन्किएको अवस्थामा छ: मन्त्री खड्का

३२ श्रावण २०८२, शनिबार ११:४८

काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगहरूले प्रयोग गरेको विद्युत्को महसुल तिर्नुपर्दैन भनेर सरकारले कहिल्यै नभनेको स्पष्ट पारेका छन् । विद्युत् प्राधिकरणले प्रवाह गरेको विद्युत् उद्योग धन्दाहरुमा प्रयोग भएको र महसुल नतिरेर थन्किएको अवस्था रहेको बताए ।

त्यसरी सधैँ रही रहनु दुर्भाग्यपूर्ण भएको बताए । नेपाल विद्युत् प्राधिकरणको ४० औँ वार्षिकोत्सवका अवसरमा शुक्रवार प्राधिकरणमा कार्यरत कर्मचारीलाई दीर्घसेवा पदक, अवकाश पदक र अमर विद्युतकर्मीलाई सम्मान कार्यक्रममा बोल्दै मन्त्री खड्काले उद्योग धन्दाहरूले प्रयोग गरे जति विद्युतको महसुल तिर्नुपर्ने बताए ।

सरकारले सधैँ प्रयोग गरेको जति विद्युत्को महसुल तिर्नुपर्ने बताएको पनि उल्लेख गरे । प्रयोग भएको विद्युत्को महसुल तिर्नुपर्दैन भन्ने कुरा सरकारको कल्पना बाहिरको कुरा रहेको उनले बताए ।

उनले भने- ‘हामीले प्रवाह गरेको विद्युत्, उद्योग धन्दाहरूमा दिएको विद्युत्को महसुल नतिरेर थन्किएको अवस्थामा छ । त्यसरी सधैँ रही रहनु दुर्भाग्यपूर्ण हो । जति प्रयोग गरेको हो, त्यो बराबरको असुल गर्न सक्नुपर्छ । त्यो तपाईंहरुको होइन, विद्युत् प्राधिकरणको काम हो । सरकारले कहिले पनि भनेको छैन । यो विद्युत्को महसुल उठाउनु हुँदैन भनेर । सरकारले यति मात्रै भनेको छ, चाहे त्यो लाल आयोगको कुरा गर्नुस्, चाहे क्याबिनेट निर्णयको कुरा गर्नुस् वा मन्त्रालयको निर्णयको कुरा गर्नुस्, खालि के भनेको छ भने मान्छेलाई अन्याय हुन दिनु हुँदैन, जति प्रयोग गरेको हो, त्यतिको असुली गर्नुपर्दछ ।’

मन्त्री खड्काले भने, ‘अहिले तपाईंले खाइरहेको खाना १ हजार, १५ सयको हुनसक्छ, त्यसको निश्चित मूल्य छ । त्यसका आधारहरू छन् । तर त्यो खानालाई ५ हजार रुपैयाँ हाल्नुभयो भने के हुन्छ ? फरक यति मात्रै हो । तिर्नु पर्दैन, उठाउनु हुँदैन भन्ने यो सरकारको कल्पना भन्दा बाहिरको कुरा हो ।’

उद्योगलाई निरुत्साहित गरेर नभई न्यायोचित प्रक्रियाबाट काम गरेर अघि बढ्न जरुरी रहेको बताए । टिओडी मिटरका आधारमा रकम असुल गर्ने उल्लेख गरिएको भन्दै टिओडी मिटर किन नराखेको भन्दै प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो