२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ह्वाइट हाउसमा जेलेन्स्कीले लगाएको ‘सुट’को चर्चा, ट्रम्पले के भने ?

३ भाद्र २०८२, मंगलवार १४:४१

ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगाएको पहिरनको चर्चा भएको छ ।

सोमबार राति (नेपाली समयअनुसार) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताका लागि ह्वाइट हाउस पुगेका जेलेन्स्कीको पहिरनबारे सुरुमै पत्रकारले चासो व्यक्त गरेका थिए । कालो सैनिक शैलीको सुट लगाएर ह्वाइट हाउस प्रवेश गर्दै गर्दा सञ्चारकर्मीले तारिफ गरेका थिए । त्यसमा लगत्तै राष्ट्रपति ट्रम्पले पनि समर्थन जनाए ।

जेलेन्स्कीले ट्रम्पसँगको अघिल्लो भेटमा आफ्नो पहिरनको आलोचना गरेका सञ्चारकर्मी ब्रायन ग्लेनलाई जवाफ पनि फर्काए, ‘तपाईंले फेब्रुअरीमै लगाएको सुट लगाउनुभएको छ । मैले परिवर्तन गरेँ ।’

पहिरनबारे ट्रम्प, जेलेन्स्की र सञ्चारकर्मीले गरेको कुराकानीको छोटो भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ छ ।

अघिल्लोपटक वार्ताका लागि ह्वाइट हाउस पुग्दा जेलेन्स्कीले सुट नलगाई गएका थिए । त्यसबेला ट्रम्प र जेलेन्स्कीबीच घोचपेच भएको थियो । तर, यसपटक भने उनी औपचारिक पहिरनसहित ह्वाइट हाउस प्रवेश गरे । उनी ह्वाइट हाउस जानुअघि नै उनले कोट लगाउँछन् कि लगाउँदैनन् भनेर चर्चा सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार