२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपसभामुख हटाउने हस्ताक्षरमा कांग्रेस विभाजित : शेखर समूहबाट बडू मात्रै

३ भाद्र २०८२, मंगलवार १५:३१

काठमाडौं | उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रयोजनका लागि भएको हस्ताक्षरमा नेपाली कांग्रेस विभाजित भएको छ ।नेपाली कांग्रेसका नेता शेखर कोइरालाको पक्षबाट जम्मा एक जनामात्रै सांसदले हस्ताक्षर गरेका छन् । कोइरालाको पक्षबाट सांसद दिलेन्द्र बडुलेमात्रै हस्ताक्षर गरेका हुन् ।

 

नेपाली कांग्रेस संसदीय दलमा ८८ सांसदमध्ये कोइरालाको पक्षमा १६ जना सांसद रहेको उनी पक्षधरका नेताहरूले बताउँदै आएका छन् । मंगलबार भएको हस्ताक्षरमा बडूमात्रै उपस्थित भएका हुन् । यस्तै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पनि मंगलबार हस्ताक्षर गरेनन् ।

 

महामन्त्री थापा उपसभामुख रानालाई हटाउनका लागि हस्ताक्षर गर्ने निर्णय भएको सोमबार साँझको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा पनि सहभागी थिएनन् । महामन्त्री थापाको पक्षमा रहेकी सांसद सपना राजभण्डारीले भने हस्ताक्षर गरेकी छिन् । यसअघि पोहोर भदौ २५ गते पनि उपसभामुख रानालाई हटाउने तयारी नेताहरूले गरेका थिए । त्यसबेला पनि शेखर कोइरालाले असहमति जनाएपछि रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार