२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर बजारका सबै सूचक बढे

३ भाद्र २०८२, मंगलवार १५:४८

मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से, सेन्सिटिभ सूचकसहित समूगत सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ६.५१ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७७७ अंकमा कायम भएको छ । हिजो बजार ९ अंक बढेको थियो । आज पछिल्लो १५ मिनेटकौ भारित औसत मूल्य गणनाअघि नेप्से ९ अंक बढेको थियो ।

 

कारोबारका क्रममा दिउँसो साढे १ बजे नेप्से २७९६ अंकसम्म पुगेको थियो । जुन अंक आजका लागि अधिकतम रह्यो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब १७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६३ करोडमा खुम्चियो । कारोबार रकम केही दिनयता नै घटेको छ । १४२ कम्पनीको मूल्य बढ्दा १०७ को घट्यो ।

 

सबै समूहका सूचक बढेका छन्, यद्यपि वृद्धिदर सबैको १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.४०, विकास बैंक ०.२०, फाइनान्स ०.०२, होटल तथा पर्यटन ०.०५, हाइड्रोपावर ०.१६, लगानी ०.२१, जीवन बीमा ०.२५, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.१२, निर्जीवन बीमा ०.११, अन्य ०.०९ तथा व्यापार समूह ०.१८ प्रतिशत बढे ।

सान्भी इनर्जीको मूल्य सबैभन्दा धेरै ६.९८ प्रतिशत बढ्यो । त्यस्तै पियोर इनर्जीको ६.०९, इस्टर्न हाइड्रोपावरको ४.५८, सिटी होटलको ३.५८, बुटवल पावरको ३.२२ तथा उन्नति सहकार्य लघुवित्तको ३.१३ प्रतिशत मूल्य बढ्यो ।

नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ६.१४ प्रतिशत घट्यो । युनाइटेड मोदी हाइड्रोपावरको ४.१८ तथा युनियन हाइड्रोपावरको २.७२ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन डिस्टिलरी, राधि विद्युत्, बुटवल पावर र माउन्टेन इनर्जी क्रमशः अगाडि रहे ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार