2026-10-05 04:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोइरालाको एक फोन कलले कांग्रेस–एमालेको उपसभामुख हटाउने खेल भाँडियो

काठमाडौँ | उपसभामुख इन्दिरा रानामगरलाई हटाउने सत्तारुढ कांग्रेस–एमालेको प्रयास कांग्रेसको संस्थापनइतर समूहको असहयोगका कारण असफल भएको खुलेको छ । दुई दलले आज बिहान संसदीय दलको आकस्मिक बैठक डाकेर सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गर्न लगाएका थिए ।

तर कांग्रेसको शेखर कोइराला समूहले खाली कागजमा हस्ताक्षर गराउनुको प्रयोजन माग गरेपछि उपसभामुख हटाउने प्रयास असफल भएको हो । स्रोतका अनुसार कांग्रेस नेता शेखर कोइरालाले आफूनिकट सांसदलाई फोन गरेर प्रयोजन खुलाइए मात्रै हस्ताक्षर गर्न निर्देशन दिएका थिए । त्यसपछि शेखर समूहका सांसदहरूले खाली कागजमा हस्ताक्षर गर्न मानेनन् ।

‘डाक्टरसाबले फोन गर्ने सांसदहरूलाई केका लागि हस्ताक्षर गर्न लगाइएको हो प्रयोजन खुलाउन भन्नुभएको छ । प्रयोजन खुले हस्ताक्षर गर्नुस्, नखुले नगर्नुस् भन्नुभएको छ,’ शेखर निकट एक नेताले भने ।

शेखरले संसदीय दलमा बैठकमा पनि हस्ताक्षर संकलनको प्रयोजन खुलाउन माग गरेका छन् । हुन त शेखर समूहका सबै सांसद काठमाडौंमा उपलब्ध छैनन् भने काठमाडौंमा रहेका केही सांसदले खाली कागजमै हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर