2026-10-05 04:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘भिजिट भिसा प्रकरणमा संसद् बहिस्कार भइरहेको बेला,उपसभामुख जोडिएको विषयलाई अन्यथा लिनु हुँदैन: महेश बर्तौला

काठमाडौँ | सत्ता गठबन्धनको बैठकले उपसभामुख इन्दिरा राना मगरबारे उठेको प्रश्न निरूपण गर्नुपर्ने निष्कर्ष निकालेको छ।
उपसभामुखलाई हटाउनको लागि कांग्रेस एमालेले हस्ताक्षर संंकलन गर्दैगर्दा बसेको गठबन्धनको बैठकले प्रश्न उठेपछि यो विषयलाई निष्कर्षमा पुर्‍याउनु पर्नेबारे छलफल भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए।

उनले भने, ‘उहाँ अहिले संसद्को मामिला मार्फत विदेश जानुभएको छ वा निजी भ्रमणमा जानुभएको छ हाम्रो जानकारीमा भएन। उहाँको बारेमा प्रश्न उठेको छ। यसको निरूपण हुनुपर्छ कुन विधिबाट जाने भन्ने कुरा उपयुक्त समयमा उपयुक्त निर्णय गर्नुपर्ने बहस सिर्जना भएको छ।, हामी समय हेरेर गर्छौँ।’

उनले अहिले नै उपसभामुखविरुद्ध तत्कालै प्रस्ताव दर्ता गर्ने निर्णयमा नपुगेको बताए। उनले थपे, ‘भिजिट भिसा प्रकरणमा संसद् बहिस्कारको भइरहेको सबैले देखिराख्नुभएको छ। निरन्तर संंसदमा यो विषय उठ्छ भने संसदभित्र रहेको उपसभामुख जोडिएको विषय के हुन्छ भनेर हुने बहसलाई अन्यथा लिनु हुँदैन। यो बहसलाई बिट मार्नुपर्छ। सधैँभरी गरिराख्नु हुँदैन। तर हामी अहिले छलफलमा छौँ। उहाँविरुद्ध कुनै प्रस्ताव दर्ता गर्ने निष्कर्षमा पुगिसकेका छैनौँ।’

कांग्रेस एमालेले हस्ताक्षर सङ्कलन गर्दै दुई तिहाइ पुर्‍याउनको लागि साना दलहरूसँग पनि निरन्तर संवाद गरिरहेका छन्। उपसभामुख देश बाहिर हुँदा हटाउँदा नराम्रो सन्देश जाने भएकाले अब अमेरिकाबाट फर्केपछि मात्रै प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर