2026-10-05 04:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

लागुऔषधसहित १० जना पक्राउ

काठमाडौँ | झापा, मोरङ र सुनसरीको छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौँ, लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । विराटनगर महानगरपालिका- १५ स्थितबाट भारत दिल्लीका ४३ वर्षीय सागीरलाई उनले बोकेको ब्यागमा स्पिकर भित्र लुकाएको १ सय ९० ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको हो ।​​​

लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली- ५ स्थितबाट विहार अररियाका २९ वर्षीय इम्तियाज अन्सारी र ३२ वर्षीय नुर हसनलाई १ सय ११ ग्राम २७ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । यसैगरी झापाको प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका- ३ का २५ वर्षीय आशिष तामाङ र २८ वर्षीय विक्रम राईलाई १ ग्राम ब्राउन सुगरसहित र प्रहरी चौकी महारानिझोडाले गौरादह- ५ का २१ वर्षीय समीर सिवा र २५ वर्षीय शंकर सतारलाई विभिन्न प्रकारका ४ सय क्याप्सुल लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।

यसका साथै लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी लौकहीले मोरङ सुन्दर हरैँचा नगरपालिका-११ का ४५ वर्षीय लोकविक्रम साहलाई ३७ ग्राम ६२ मिलिग्रामसहित र जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी- ५ का ३२ वर्षीय विशाल लिम्बू र ३५ वर्षीय गणेश तामाङलाई १७ ग्राम ३ मिलिग्राम ब्राउन सुगरसहित इनरुवा बसपार्कबाट नियन्त्रणमा लिएको हो । थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर