2026-10-05 04:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

लागुऔषध ब्राउन सुगर सहित दुईजना भारतीय नागरिक पक्राउ

काठमाडौँ | विराटनगरबाट १ सय ४७ ग्राम लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार बरामद भएको ब्राउन सुगर ठूलो परिमाणको हो । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले नेपालमा खैरो हेरोइन ‘सप्लाई’गर्न आएका भारत कटिहार शिवानापुर–४ का ३० वर्षीय मोहम्मद सद्दाम हुसेन र कटिहारकै खरसोता–५ का ३२ वर्षीय बमकिम कर्मकारलाई पक्राउ गरिएको बताइन् ।

इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले दुवैजनालाई आइतबार साँझ पक्राउ गरेको हो । डीएसपी चुँडालका अनुसार विराटनगर महानगरपालिका–१५ मण्ठापोखरी मन्दिर अगाडि सार्वजनिक सडक खण्डमा शंकास्पद रूपमा गफगाफ गरिरहेका बेला दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिएर शरीर खानतलासी गरेको थियो । चेकजाँचका क्रममा मोहम्मद सद्दाम हुसेनले बोकेको ब्यागभित्र रहेको पाइन्टको गोजीमा लुकाएर राखिएको अवस्थामा १ सय ४७ ग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएका दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । नेपालमा लागुऔषध ‘सप्लाइ’ गर्न आएका उनीहरूमाथि इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर