१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दुई दिनदेखि सुनकोसी नदीमा बेपत्ता बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले भेटायो

२१ भाद्र २०८२, शनिबार १५:४६

काठमाडौँ | दुई दिनदेखि सुनकोसी नदीमा बेपत्ता बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले भेटाएको छ। सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ बलेनीघाटस्थित पवन मग्रातीका छोरा १४ वर्षीय प्रख्यात मग्रातीको शव शनिबार सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पारेको हो। शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा मग्राती सुनकोसी नदीमा बेपत्ता भएका थिए। उनी बेपत्ता भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय खुर्कोट, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन वेश खुर्कोटको टोलीले शुक्रबारदेखि नै खोजतलास सुरु गरेको थियो।

विपद् व्यवस्थापन वेश खुर्कोटका सशस्त्र प्रहरी निरीक्षक ज्ञानेन्द्र राउतको कमाण्डमा खटिएको ९ जना गोताखोर सहितको टोलीले शनिवार बिहान घटना स्थलभन्दा करिब १५ मिटर तल २० फिट गहिराईबाट बालकको शव निकालिएको सशस्त्र प्रहरी बल आश्रित गुल्म सिन्धुलीका प्रमुख (सशस्त्र प्रहरी नायब उपरीक्षक) सुवर्ण पोख्रेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल