२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

१ हजार ५ सय ६७ कैदीबन्दी पक्राउ

२०८२, २७ भाद्र शुक्रबार ०९:२३

काठमाण्डौ । देशभरका विभिन्न कारागार र प्रहरी कार्यालयबाट जेनजीको प्रदर्शनका क्रममा भागेका थुनुवामध्ये एक हजार पाँच सय ६७ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार पक्राउ परेकाहरुलाई सम्बन्धित कारागार र थुनुवा कक्षमा राखिएको छ ।

नियन्त्रणमा लिइएकामा एक हजार पाँच सय नौ जना कैदीबन्दी र ५८ जना थुनुवा छन् । अझै १२ हजार पाँच सय ३३ जना कैदीबन्दी फरार रहेका पनि प्रवक्ता घिमिरेले बताउनुभयो । उहाँले सात सय ९५ जना थुनुवा पनि फरार रहेकाले खोजी भइरहेको बताउनुभयो ।

 फरार भएकालाई सम्बन्धित कारागार र प्रहरी कार्यालयहरुको सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सार्वजनिक रूपमा अनुरोध गरिसकेको छ । कारागार व्यवस्थापान विभागले पनि देशभरका विभिन्न कारागार तथा बाल सुधारगृहबाट बाहिर निस्किएका बन्दीलाई तत्काल फर्किन आग्रह गरेको छ ।

विज्ञप्तिमार्फत विभागका निर्देशक चोमेन्द्र न्यौपानेले आफू बसेको कारागार वा बाल सुधारगृहमा फर्कन वा नजिकको प्रहरी कार्यालयको सम्पर्कमा आउन आग्रह गर्नुभएको छ । विज्ञप्तिमा यो सूचनालाई आधार मानेर नआउनेलाई कारागार ऐन, २०७९ र प्रचलित कानूनबमोजिम कारबाही हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना