२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

१ हजार ५ सय ६७ कैदीबन्दी पक्राउ

२७ भाद्र २०८२, शुक्रबार ०९:२३

काठमाण्डौ । देशभरका विभिन्न कारागार र प्रहरी कार्यालयबाट जेनजीको प्रदर्शनका क्रममा भागेका थुनुवामध्ये एक हजार पाँच सय ६७ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार पक्राउ परेकाहरुलाई सम्बन्धित कारागार र थुनुवा कक्षमा राखिएको छ ।

नियन्त्रणमा लिइएकामा एक हजार पाँच सय नौ जना कैदीबन्दी र ५८ जना थुनुवा छन् । अझै १२ हजार पाँच सय ३३ जना कैदीबन्दी फरार रहेका पनि प्रवक्ता घिमिरेले बताउनुभयो । उहाँले सात सय ९५ जना थुनुवा पनि फरार रहेकाले खोजी भइरहेको बताउनुभयो ।

 फरार भएकालाई सम्बन्धित कारागार र प्रहरी कार्यालयहरुको सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सार्वजनिक रूपमा अनुरोध गरिसकेको छ । कारागार व्यवस्थापान विभागले पनि देशभरका विभिन्न कारागार तथा बाल सुधारगृहबाट बाहिर निस्किएका बन्दीलाई तत्काल फर्किन आग्रह गरेको छ ।

विज्ञप्तिमार्फत विभागका निर्देशक चोमेन्द्र न्यौपानेले आफू बसेको कारागार वा बाल सुधारगृहमा फर्कन वा नजिकको प्रहरी कार्यालयको सम्पर्कमा आउन आग्रह गर्नुभएको छ । विज्ञप्तिमा यो सूचनालाई आधार मानेर नआउनेलाई कारागार ऐन, २०७९ र प्रचलित कानूनबमोजिम कारबाही हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार रोड्रिगेजको कडा जवाफः भेनेजुएला विदेशी नियन्त्रणमा छैन स्काभेटर र टिपरको बीचमा च्यापिएर मजदुरको मृत्यु कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा