१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रशासनको सक्रियताले कैदीबन्दी भाग्न पाएनन्

२७ भाद्र २०८२, शुक्रबार १७:४२

काठमाडौँ | स्थानीय प्रशासन र सुरक्षा निकायको सक्रियताको कारणले वीरगञ्ज कारागारमा रहेका कैदीबन्दी भाग्न पाएनन् । मुलुकभरका अधिकांश कारागारबाट कैदीबन्दी भाग्दा पनि एक हजार ३०० भन्दा बढी कैदीबन्दीलाई सुरक्षित ढङ्गले कारागारामा नै राख्न सफल भएको वीरगञ्ज कारागारले जनाएको छ ।

कारागार कार्यालयका प्रशासक बाबुलाल रेग्मीका अनुसार मङ्गलबार रातिदेखि नै कैदीबन्दीले कारागारभित्रको सिसीक्यामेरा फुटाउने, भत्रका संरचना ध्वस्त पार्ने र तीन ठाउँबाट कारागारको पर्खाल भत्काएर भाग्ने कोसिस गरे पनि तत्कालै नियन्त्रणमा लिन सकिएको बताउनुभयो ।

“कैदीबन्दीले तीन स्थानबाट पर्खाल भत्काएर कारागारबाट भाग्ने प्रयास गरेका थिए”, उहाँले भन्नुभयो, “पटक–पटक उम्कने प्रयास गरेका थिए । तर भाग्न सकेनन् । मानवीय क्षति हुनबाट पनि जोगायौँ ।” कारागार प्रशासक रेग्मीले सम्पूर्ण कैदीबन्दी पूर्ण रुपमा सुरक्षित रहेको जानकारी दिनुभयो ।

पर्साका प्रहरी प्रमुख गौतम मिश्रले हवाई फायर तथा घुँडामुनि गोली चलाएर कैदीबन्दीलाई नियन्त्रणमा लिन सकिएको बताउनुभयो । अहिले वीरगञ्ज कारागारमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’