२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

युएईको प्रतिबन्द: दैनिक ५०० भन्दा बढी नेपाली बेरोजगार बन्ने, आधा म्यानपावर डुब्ने !

मलेसिया र युएईमा नेपालीलाई रोजगारमा प्रभाव परेपछि नेपालको रेमिट्यान्समा पनि ठूलो असर पर्नेछ । औशतमा मासिक १५ हजारभन्दा बढी युवा रोजगारको लागि युएई जाने गरेको हालसम्मलको अवस्था प्रभावित भएको खण्डमा बिदेसिने युवाको चाप बढ्ने तर माग निश्चित हुने अवस्था आउने हुँदा यसले लागत झनै चर्किन सक्ने, युरोप रोजगारको नाममा झनै बेथिति बढ्न सक्ने स्थिति आउनेछ ।
२०८२, १ आश्विन बुधबार १९:३५

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालीहरुका लागि भिजिट तथा कामदार भिसा बन्द गरेसँगै त्यसको प्रत्यक्ष असर म्यानपावर व्यवसायी र दैनिक युएई जाने ५०० जना भन्दा धेरै नेपालीलाई पर्ने भएको छ । यो संगै मासिक १५ हजार हजार भन्दा बढी युएई रोजगारमा जाने नेपाली कामदारहरु बेरोजगार बन्नेछन् ।

चालु आर्थिक बर्षको सुरुको साउन महिनामा मात्र १७ हजार ७६२ जनाले युएई रोजगारको लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । त्यसअघि गत असार महिनामा श्रम-स्वीकृति लिने नेपालीको संख्या २१ हजार ७३२ रहेको थियो । यसरी कामदार भिसामा युएई जानेहरु मध्ये ९० प्रतिशतको हाराहारीमा संस्थागत प्रक्रियाबाट रोजगारमा जाने गरेका छन् । सोमबारदेखि भिजिट भिसा दिन बन्द गरेको युएईले मंगलबारदेखि नेपालीलाई कामदार भिसा पनि दिन बन्द गरेको छ । योसंगै नेपालबाट युएई रोजगारको अवसर टुट्ने भएको छ । युएईको नयाँ निर्णयसंगै रोजगारको लागि प्रक्रियामा रहेका हजारौं युवाहरु अन्यौलमा परेका छन् ।

म्यानपावर व्यवसायीहरुका अनुसार कामदार भिसा प्रक्रियाका लागि कम्पनीहरूले निवेदन पेश गरे पनि आवेदन अस्वीकृत भईरहेको छ । यो कहिलेसम्म भन्ने कुनै आधिकारिक सूचना प्रवाह गरिएको छैन ।
युएईले भिसा बन्द गर्नुमा नेपालमा हालसालै जेन–जी आन्दोलनका क्रममा तोडफोड, आगजनी तथा कैदीबन्दी फरार भएको घटनालाई कारण मानिए पनि यसबारे आधिकारिक पुष्टि भने भएको छैन । यस सम्बन्धमा आबुधाबीस्थित नेपाली दूतावासले अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ ।

युएईले भिसा दिन रोक लगाएको नेपाल मात्र होइन, यसअघि यूएईले इजिप्ट, पाकिस्तान, बंगलादेश, इथियोपिया र युगाण्डाका नागरिकलाई भिसा दिन रोक लगाएको थियो। अब सोही सूचीमा नेपाल पनि थपिएको छ ।

बुधबार अबेरसम्मको अपडेट अनुसार यूएईको अध्यागमनले हाल नेपाली नागरिकतर्फका सबै भिसा आवेदन रोकेको छ । यो रोक अस्थायी हो वा स्थायी भन्नेबारे भने अहिलेसम्म स्पष्ट छैन। पछिल्ला वर्षहरूमा यूएईमा नेपालीहरू आपराधिक गतिविधिमा संलग्न भएको भन्दै यहाँका निकायले बारम्बार सचेत रहन आग्रह गर्दै आएका थिए । युएईमा नेपालीको संख्या ८ लाख ब हान्दा बढी रहेको अनुमान छ । यहि संख्या मध्ये कतिपय अवैध बस्दै आएको, कतिपय भिजिटमा गएर कामदार भिसामा परिवर्तन भएर बसेको, कतिपयले युएई भिजिट भिसाको बहानामा ट्रान्जिट देश बनाई कुवेतमा घरेलु कामदार तस्करी गरेको लगायतको समस्या छ । नेपालीको संख्या बढेको र अप्रत्याशित आपराधिक क्रियाकलाप हुनसक्ने बुझेर नेपालीलाई भिसा दिन रोकेको हुनसक्ने बुझिएको छ ।

सयौं म्यानपावर डुब्ने !

युएईले नेपालीलाई कामदार भिसा नदिएको खण्डमा युएई रोजगारको लागि माग प्रमाणीकरण लिईसकेका तर भिसा प्राप्त नभएका र मागपत्र प्रमाणीकरणको तयारीमा रहेका सयौं म्यानपावर व्यवसायीहरु मारमा पर्ने भएका छन् । कामदार पठाउन नपाउँदा व्यवसायिक मार पर्नेछ । साथै कतिपय म्यानपावरले सम्बन्धित देशमा रहेका एजेन्टहरुसँग चर्को शुल्कमा डिमाण्ड किनेर ल्याउने गरेको पाइएको अवस्थामा यस किसिमको अवैध लगानी समेत डुब्ने खतरा छ ।

एक व्यवसायीका अनुसार अधिकांश म्यानपावरले डिमाण्ड किनेर ल्याउने गरेका छन् । युएईबाट एजेन्टलाई पैसा तिरेर नेपाली कामदारको माग ल्याउने व्यवसायीहरु सबैको पैसा एजेन्टले फिर्ता गर्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । त्यसो त यसरी डिमाण्ड किन्नु गैरकानुनी हुने हुँदा त्यस्तो लगानीको कुनै सूरक्षा हुँदैन । यसअघि पनि मलेसिया रोजगार एकाएक प्रभावित हुँदा सयौं व्यवसायीले मलेसियामा पैसा फसाएका थिए । यसरी फसेको पैसा अरवौं रहेको व्यवसायीको दावी छ । भिसा प्रतिबन्द अनिश्चित भएको खण्डमा यहि स्थिति युएईमा पनि हुनेछ ।

विशेषगरी युएईमा सेक्युरिटी गार्डमा नेपाली कामदारको डिमाण्ड ल्याउँदा व्यवसायीले ठूलो रकम युएईमा लगानी गर्ने गरेका छन् । मलेसिया रोजगार बन्द भएपछि युएई रोजगार तर्फ आकर्षित भएका कतिपय व्यवसायी युएई पनि प्रभावित भएपछि झनै समस्यामा पर्नेछन् ।

मलेसिया र युएईमा नेपालीलाई रोजगारमा प्रभाव परेपछि नेपालको रेमिट्यान्समा पनि ठूलो असर पर्नेछ । औशतमा मासिक १५ हजारभन्दा बढी युवा रोजगारको लागि युएई जाने गरेको हालसम्मलको अवस्था प्रभावित भएको खण्डमा बिदेसिने युवाको चाप बढ्ने तर माग निश्चित हुने अवस्था आउने हुँदा यसले लागत झनै चर्किन सक्ने, युरोप रोजगारको नाममा झनै बेथिति बढ्न सक्ने स्थिति आउनेछ । अर्कोतर्फ व्यवसायीको निश्चित डिमाण्डमा अस्वस्थ लडाई चल्ने कारण विदेशिने युवाले तिर्नुपर्ने लागत झनै बढ्ने स्थिति आउने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी