२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

युएई स्थित नेपाली दुतावास र क्यानको पहलमा राष्ट्रिय क्रिकेट टोलीले पायो यूएईको प्रवेशाज्ञा

२०८२, ६ आश्विन सोमबार ११:५०

काठमाडौँ । नेपाली क्रिकेटको राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)को प्रवेशाज्ञा पाएको छ । नेपाल क्रिकेट सङ्घका प्रवक्ता छुमी लामाका अनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा पाएको हो । सो टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ ।

टोलीले यही असोज ११ देखि १४ गतेसम्म युनिटी कल टी–२० इन्टरनेशनल प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपालले त्यहाँ वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

नेपाली टोलीले प्रवेशाज्ञा नपाउँदा प्रतियोगितामा सहभागिता जनाउने विषयमा अन्योलता उत्पन्न भएको थियो । खेलाडीहरुलाई भिसा सहजीकरणमा युएई स्थित नेपाली दुतावासले सहजीकरण गरेको थियो ।

युएईका लागि नेपाली राजदुत तेज बहादुर क्षेत्रीले भने – ‘विश्वकै चर्चित क्रिकेट ग्राउण्ड मध्ये एक शारजाहामा नेपालीले पहिलो पटक खेल्ने अवसर पाउँदैछन्, त्यसमा पनि वेस्ट इन्डिज जस्तो देशसँग खेल्दैछ । खेलाडीलाई भिसा लगाउन सहजीकरण गर्ने क्रममा दुतावासले आफ्नो ड्युटी मात्र पुरा गरेको हो । यो खेल नेपालको लागि ऐतिहासिक खेल हो ।’  राजदुत क्षेत्रीले क्यानको अनुरोध सँगै खेलाडीहरुको भिसा सहजीकरण गरेको बताए । नेपालमा रहेको युएई स्थित दुतावाससँग समन्वय गरि खेलाडी र व्यवस्थापनमा जिम्मेवार सबैको भिसा जारी गर्न सकिएको उनले बताए ।

नेपालको संक्रमंकालिन परिस्थितिमा यो महत्वपूर्ण खेलको प्रभावले फेरी नेपालीहरु एकबद्ध भएको कुरामा विश्वमाझ सकारात्मक संदेश दिन सकिन्छ । राजदुत क्षेत्रीले भने ‘यो अवसरलाई हरेक कोणबाट सफल बनाउन दुतावास लागि परेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी