१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

युएई स्थित नेपाली दुतावास र क्यानको पहलमा राष्ट्रिय क्रिकेट टोलीले पायो यूएईको प्रवेशाज्ञा

६ आश्विन २०८२, सोमबार ११:५०

काठमाडौँ । नेपाली क्रिकेटको राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)को प्रवेशाज्ञा पाएको छ । नेपाल क्रिकेट सङ्घका प्रवक्ता छुमी लामाका अनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा पाएको हो । सो टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ ।

टोलीले यही असोज ११ देखि १४ गतेसम्म युनिटी कल टी–२० इन्टरनेशनल प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपालले त्यहाँ वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

नेपाली टोलीले प्रवेशाज्ञा नपाउँदा प्रतियोगितामा सहभागिता जनाउने विषयमा अन्योलता उत्पन्न भएको थियो । खेलाडीहरुलाई भिसा सहजीकरणमा युएई स्थित नेपाली दुतावासले सहजीकरण गरेको थियो ।

युएईका लागि नेपाली राजदुत तेज बहादुर क्षेत्रीले भने – ‘विश्वकै चर्चित क्रिकेट ग्राउण्ड मध्ये एक शारजाहामा नेपालीले पहिलो पटक खेल्ने अवसर पाउँदैछन्, त्यसमा पनि वेस्ट इन्डिज जस्तो देशसँग खेल्दैछ । खेलाडीलाई भिसा लगाउन सहजीकरण गर्ने क्रममा दुतावासले आफ्नो ड्युटी मात्र पुरा गरेको हो । यो खेल नेपालको लागि ऐतिहासिक खेल हो ।’  राजदुत क्षेत्रीले क्यानको अनुरोध सँगै खेलाडीहरुको भिसा सहजीकरण गरेको बताए । नेपालमा रहेको युएई स्थित दुतावाससँग समन्वय गरि खेलाडी र व्यवस्थापनमा जिम्मेवार सबैको भिसा जारी गर्न सकिएको उनले बताए ।

नेपालको संक्रमंकालिन परिस्थितिमा यो महत्वपूर्ण खेलको प्रभावले फेरी नेपालीहरु एकबद्ध भएको कुरामा विश्वमाझ सकारात्मक संदेश दिन सकिन्छ । राजदुत क्षेत्रीले भने ‘यो अवसरलाई हरेक कोणबाट सफल बनाउन दुतावास लागि परेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार