२६ कार्तिक २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विपदबाट क्षतिग्रस्त सडकको मर्मत कार्य तीव्र गतिमा गरिने

१९ आश्विन २०८२, आईतवार १६:२९

काठमाडौँ । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले वर्षाका कारण बन्द भएको काठमाडौँबाट पश्चिमतर्फका सडक तत्कालै खोल्ने गरी तयारी भइरहेको र विपद्बाट क्षतिग्रस्त विभिन्न सडकको मर्मत कार्य तीव्र गतिमा गरिने प्रतिबद्धता जनाउनुभएको छ ।

आज मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा घिसिङले नेपालको पूर्व क्षेत्रमा अझै पनि वर्षा हुनेक्रम जारी रहेको वर्षा कम भएपछि मात्रै सडक सुधारको कार्य थालिने बताउनुभयो । जल तथा मौसम विज्ञान विभागले सोमबारदेखि भने मौसममा सुधार भई वर्षा कम हुने जानकारी गराएको छ ।

शुक्रबारदेखि आजसम्मको लगातार भारी वर्षा र जलवायुजन्य घटनाका कारण देशका विभिन्न स्थानमा उत्पन्न भूस्खलन र बाढीले सडकमा अवरोध तथा यातायातमा ठूलो असर परेको मन्त्री घिसिङको भनाइ छ । “प्रभावित क्षेत्रमा आवश्यक जनशक्ति र उपकरण परिचालन गर्दै, प्रमुख राजमार्गका अवरुद्ध खण्डमा दिनरात मर्मत कार्यलाई तीव्र गति दिइरहेको छ”, उहाँले भन्नुभयो ।

विपद्का कारण केही भौतिक क्षति भए पनि सरकारको पूर्वतयारीका कारण ठूलो मानवीय क्षति भने हुन नपाएको मन्त्री घिसिङले जानकारी दिनुभयो । काठमाडौँदेखि पश्चिम मुग्लिन हुँदै पोखरा र नारायणगढ जाने पृथ्वी राजमार्ग, नारायणगढ–मुग्लिन राजमार्गमा यातायात सञ्चालनमा अवरुद्ध नभएको सडक विभागको भनाइ छ ।

विभागका महानिर्देशक विजय जैसीले बिपी राजमार्ग (भकुण्डेबेंसी–नेपालथोक खण्ड) र मेची राजमार्गको अवरोध हटाउने कार्यमा पनि चाँडै प्रगति हुने बताउनुभयो । सडक विभागले स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी र स्थानीय निकायसँग समन्वय गरी मर्मत तथा सडक खोल्ने कार्यलाई तीव्रता दिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाइस हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार शान्ति पुनर्स्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु सन्नी देओलको आग्रह– “धरमजी स्थिर र निगरानीमा हुनुहुन्छ, कृपया अफवाह नफैलाउनुहोस्” आज चार हजार ९०० ले बढ्यो सुन कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै एमालेद्वारा पालिकाहरुमा प्रदर्शन केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न एमालेको भूमिका सशक्तः महासचिव पोखरेल दुर्घटनामा १२ जना घाइते अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर एमालेले विघटित प्रनिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन: प्रधानमन्त्री कार्की दार्चुलामा भूकम्पको धक्का किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जानेः कांग्रेस नेता यादव