३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगारमा जानेको संख्या घट्यो, व्यक्तिगत श्रम लिने झनै बढे

५ मंसिर २०८२, बिहीबार ०८:३३

काठमाडौँ । गत असोज महिनाको तुलनामा कार्तिक महिनामा वैदेशिक रोजगारमा जानेको संख्यामा गिरावट आएको छ । जेनजि आन्दोलनपछि युएईले नेपालीलाई भिसा दिन रोक लगाएसँगै ठूलो संख्यामा वैदेशिक रोजगारमा जानेको संख्या घटेको हो ।

गत असोज महिनामा मात्र युएई रोजगारको लागि ९ हजार ८५९ जनाले अन्तिम श्रम स्वीकृति पाउँदा उक्त संख्या कार्तिक महिनामा एकाएक घटेर २ हजार ५०९ मा झरेको छ । युएईले नेपालीलाई कामदार भिसा नदिए यो क्रमश शुन्यमा झर्ने स्थितिमा छ ।

त्यसो त गत बर्षको कात्तिक महिनाको तुलनामा यो बर्षको सिही महिनामा वैदेशिक रोजगारमा जानेको संख्यामा आधाभन्दा बढी गिरावट आएको छ । गत बर्षको कात्तिक महिनामा संस्थागत प्रक्रियाबाट २८ हजार ८६८ जनाले वैदेशिक रोजगारमा जान. श्रम स्वीकृति लिँदा यो बर्षको कार्तिक महिनामा सो संख्या ५७ प्रतिशतले घटेर १२ हजार १४९ जनामा समेटिएको छ । यो संख्या घट्नुमा युएई रोजगारनै प्रमुख कारण मान्न सकिन्छ ।

व्यक्तिगत श्रम लिने बढे

Image: AI

सरकारले वैदेशिक रोजगार क्षेत्र व्यवस्थित बनाउन नसक्दा संस्थागतकै हाराहारीमा व्यक्तिगत श्रम लिनेको संख्या बढिरहेको पाइएको छ । गत कत्तिक महिनामा मात्र ९ हजार ५५३ जनाले वैदेशिक रोजगारमा जान व्यक्तिगत श्रम स्वीकृति लिएको पाइएको छ ।

युरोप रोजगारमा संस्था भन्दा व्यक्ति र कन्सल्टेन्सीलाई हावी बनाउनमा सरकारी निकायले भित्रभित्रै भूमिका खेल्ने गरेको लामो समयदेखिको अभ्यास जेनजि सरकार आएपछि पनि जारी छ । वैदेशिक रोजगार बिभाग भित्रको भ्रष्ट संयन्त्रले युरोप रोजगारको नाममा भईरहेको अबैध क्रियाकलापमा लामो समयदेखि फाइदा लिईरहेको आरोप लाग्दै गर्दा गत कात्तिक महिनामा समेत संस्थागतकै हाराहारीमा व्यक्तिगत श्रम स्वीकृति जारी भएका छन् । गत महिना संस्थागत तर्फबाट ५६ प्रतिशतले श्रम पाउँदा व्यक्तिगत तर्फबाट श्रम लिनेको संख्या ४४ प्रतिशत रहेका छन् । गत कात्तिक महिनामा व्यक्तिगत तबरबाट रोमानिया, जापान, टर्की लगायत देशमा ठूलो संख्यामा व्यक्तिगत श्रम स्वीकृति लिएर गएको पाइएको छ । यसरी जाँदा अधिकांश कामदारले अवैध कन्सल्टेन्सी तथा बिचौलिया प्रयोग गरेका छन् ।

लामो समयदेखि बिशेषगरि युरोप तथा जापान रोजगारमा वैदेशिक रोजगार ऐन बिपरित काम भईरहेको सम्बन्धमा सरकारी संयन्त्र जानाकार भएर पनि यसलाई व्यवस्थापन गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कुनै तदारुकता देखाईरहेको छैन । युरोप रोजगारको बेथिति सहिदिएर अनुगमन र कारवाहीको जिम्मेवारी लिएको वैदेशिक रोजगार बिभागले अनाधिकृत तवरले एजेन्टहरुलेनै गराईरहेका व्यक्तिगत श्रम स्वीकृति र कन्सल्टेन्सी धन्दालाई मौलाउन सहयोग गरिरहेको छ ।

संस्थागत आउने डिमाण्डहरुमा समेत म्यानपावरहरुले कामदार पठाउन नसकेको बताईरहेका छन् । यसो हुनुमा अवैध कन्सल्टेन्सी र व्यक्तिगत श्रम स्वीकृतिमा जतिपनि कामदार पठाउन सम्भव हुनु हो । गत महिना रोमानिया रोजगारमा एक हजार ३०१ जनाले श्रम स्वीकृति लिँदा संस्थागात रोजगारमा जोडिनेको संख्या शुन्य छ । जानाकार स्रोतका अनुसार रोमानिया रोजगारमा व्यक्तिगत रुपमा कामदार पठाउन म्यानपावरनै सक्रिय छन् । युरोप रोजगारमा कयौं म्यानपावरले संस्था खोलेर काम भने व्यक्तिगत तरिकाले अवैध रुपमा कामदार पठाउने गरिरहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार