२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगारमा जानेको संख्या घट्यो, व्यक्तिगत श्रम लिने झनै बढे

२०८२, ५ मंसिर बिहीबार ०८:३३

काठमाडौँ । गत असोज महिनाको तुलनामा कार्तिक महिनामा वैदेशिक रोजगारमा जानेको संख्यामा गिरावट आएको छ । जेनजि आन्दोलनपछि युएईले नेपालीलाई भिसा दिन रोक लगाएसँगै ठूलो संख्यामा वैदेशिक रोजगारमा जानेको संख्या घटेको हो ।

गत असोज महिनामा मात्र युएई रोजगारको लागि ९ हजार ८५९ जनाले अन्तिम श्रम स्वीकृति पाउँदा उक्त संख्या कार्तिक महिनामा एकाएक घटेर २ हजार ५०९ मा झरेको छ । युएईले नेपालीलाई कामदार भिसा नदिए यो क्रमश शुन्यमा झर्ने स्थितिमा छ ।

त्यसो त गत बर्षको कात्तिक महिनाको तुलनामा यो बर्षको सिही महिनामा वैदेशिक रोजगारमा जानेको संख्यामा आधाभन्दा बढी गिरावट आएको छ । गत बर्षको कात्तिक महिनामा संस्थागत प्रक्रियाबाट २८ हजार ८६८ जनाले वैदेशिक रोजगारमा जान. श्रम स्वीकृति लिँदा यो बर्षको कार्तिक महिनामा सो संख्या ५७ प्रतिशतले घटेर १२ हजार १४९ जनामा समेटिएको छ । यो संख्या घट्नुमा युएई रोजगारनै प्रमुख कारण मान्न सकिन्छ ।

व्यक्तिगत श्रम लिने बढे

Image: AI

सरकारले वैदेशिक रोजगार क्षेत्र व्यवस्थित बनाउन नसक्दा संस्थागतकै हाराहारीमा व्यक्तिगत श्रम लिनेको संख्या बढिरहेको पाइएको छ । गत कत्तिक महिनामा मात्र ९ हजार ५५३ जनाले वैदेशिक रोजगारमा जान व्यक्तिगत श्रम स्वीकृति लिएको पाइएको छ ।

युरोप रोजगारमा संस्था भन्दा व्यक्ति र कन्सल्टेन्सीलाई हावी बनाउनमा सरकारी निकायले भित्रभित्रै भूमिका खेल्ने गरेको लामो समयदेखिको अभ्यास जेनजि सरकार आएपछि पनि जारी छ । वैदेशिक रोजगार बिभाग भित्रको भ्रष्ट संयन्त्रले युरोप रोजगारको नाममा भईरहेको अबैध क्रियाकलापमा लामो समयदेखि फाइदा लिईरहेको आरोप लाग्दै गर्दा गत कात्तिक महिनामा समेत संस्थागतकै हाराहारीमा व्यक्तिगत श्रम स्वीकृति जारी भएका छन् । गत महिना संस्थागत तर्फबाट ५६ प्रतिशतले श्रम पाउँदा व्यक्तिगत तर्फबाट श्रम लिनेको संख्या ४४ प्रतिशत रहेका छन् । गत कात्तिक महिनामा व्यक्तिगत तबरबाट रोमानिया, जापान, टर्की लगायत देशमा ठूलो संख्यामा व्यक्तिगत श्रम स्वीकृति लिएर गएको पाइएको छ । यसरी जाँदा अधिकांश कामदारले अवैध कन्सल्टेन्सी तथा बिचौलिया प्रयोग गरेका छन् ।

लामो समयदेखि बिशेषगरि युरोप तथा जापान रोजगारमा वैदेशिक रोजगार ऐन बिपरित काम भईरहेको सम्बन्धमा सरकारी संयन्त्र जानाकार भएर पनि यसलाई व्यवस्थापन गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कुनै तदारुकता देखाईरहेको छैन । युरोप रोजगारको बेथिति सहिदिएर अनुगमन र कारवाहीको जिम्मेवारी लिएको वैदेशिक रोजगार बिभागले अनाधिकृत तवरले एजेन्टहरुलेनै गराईरहेका व्यक्तिगत श्रम स्वीकृति र कन्सल्टेन्सी धन्दालाई मौलाउन सहयोग गरिरहेको छ ।

संस्थागत आउने डिमाण्डहरुमा समेत म्यानपावरहरुले कामदार पठाउन नसकेको बताईरहेका छन् । यसो हुनुमा अवैध कन्सल्टेन्सी र व्यक्तिगत श्रम स्वीकृतिमा जतिपनि कामदार पठाउन सम्भव हुनु हो । गत महिना रोमानिया रोजगारमा एक हजार ३०१ जनाले श्रम स्वीकृति लिँदा संस्थागात रोजगारमा जोडिनेको संख्या शुन्य छ । जानाकार स्रोतका अनुसार रोमानिया रोजगारमा व्यक्तिगत रुपमा कामदार पठाउन म्यानपावरनै सक्रिय छन् । युरोप रोजगारमा कयौं म्यानपावरले संस्था खोलेर काम भने व्यक्तिगत तरिकाले अवैध रुपमा कामदार पठाउने गरिरहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग