काठमाडौँ | माडी नदीमा डुबेर एक युवकको ज्यान गएको छ । स्वर्गद्वारी नगरपालिका–६ भानढाडाका १९ वर्षीय नबराज घर्तिमगरको नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो माण्डवी गाउँपालिका वडा नम्बर १ सिमलचौरस्थित माडी खोलामा नुहाउने क्रममा बेपत्ता भएका घर्तिमगरको शव बुधबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । घर्तिमगर ट्याक्टरको सहचालक रहेको स्थानीयले बताएका छन् ।