2026-10-10 03:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक ३५.९२ अंकले घट्यो

2026-08-26

काठमाडौँ | सेयर बजारमा करिब ३६ अंकको गिरावट आएको छ। बुधबार नेप्से परिसूचक ३५.९२ अंकले घटेर २५५८.३५ विन्दुमा अडिएको छ। मंगलबार नेप्से परिसूचक ५.३० अंकले घटेर २५९४.२७ विन्दुमा अडिएको थियो। नेप्से घटे पनि कारोबार रकम भने मंगलबारको तुलनामा वृद्धि भएको छ। मंगलबार ४ अर्ब १० करोडको कारोबार भएकोमा आज ४ अर्ब ७७ करोड बराबरको कारोबार भयो।

यसदिन ३४८ वटा स्क्रिप्सको १ करोड ३५ लाख ८२ हजार ३२० कित्ता सेयर ४ अर्ब ७७ करोड ३८ लाख ५७ हजार ६५७ रुपैयाँमा खरिदबिक्री भए। सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा रसुवागढी हाइड्रोपावरको सेयर १५ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा चिलिमे हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो हाइड्रोपावरले २० करोड मूल्य बराबरको कारोबार गर्‍यो। सानिमा मिडल तमोर हाइड्रोपावरले १९ करोडको कारोबार गर्दा साहास उर्जाले १६ करोड,सोलु हाइड्रोपावरले १५ करोड र रिडी पावरले १२ करोड मूल्य बराबरको कारोबार गरे।

कारोबारमा आएकामध्ये २३ वटा स्टक्सको मूल्य बढ्दा २५२ वटाको घट्यो। ३ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। सेयर बजारमा उच्च अंकको गिरावट आउँदा १३ वटै समूहको उपसूचक नकारात्मक देखिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने