2026-10-18 06:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह

2026-09-23

काठमाडौँ | जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै प्रधानमन्त्री बालेन शाहले शुक्रबारदेखि देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको जोखिम रहेकाले सतर्कता अपनाउन सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन् । राष्ट्र संघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत् सम्पूर्ण देशबासीका नाममा सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गरेका हुन् ।

उनले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहितको वर्षा हुने सम्भावना औँल्याएका छन् । विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी तथा एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको छ । त्यसैगरी कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा समेत भारी वर्षाको आंकलन गरिएको छ ।

मौसम प्रणालीको प्रभावका कारण गण्डकीको पोखरा आसपास, लुम्बिनीको पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङ लगायत हिमाली भूभाग, बागमती र सुदूरपश्चिमका पहाडी खण्ड तथा कर्णालीको जुम्ला आसपासका क्षेत्रहरूमा बाढी, पहिरो, डुबान एवं सडक अवरोधको जोखिम उच्च रहने उल्लेख छ । विपद्को सम्भावनालाई मध्यनजर गर्दै सम्बद्ध निकाय तथा नागरिकहरूका लागि विशेष आग्रह गरिएको छ । बाढी, पहिरो तथा डुबानले सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले पानी परिरहेको बेला र रातको समयमा राजमार्गमा यात्रा नगर्न भनिएको छ ।

ट्रेकिङ वा हिमाली क्षेत्रको भ्रमण तालिका तय गरेका व्यक्तिहरूलाई मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न सुझाइएको छ । नदी, खोला किनार तथा पहिरोको जोखिम रहेका क्षेत्रका बासिन्दालाई उच्च सावधानी अपनाउन अनुरोध गरिएको छ । मौसम विज्ञान विभाग र स्थानीय प्रशासनबाट जारी हुने नियमित बुलेटिनहरू अवलोकन गर्न तथा सरकारी निर्देशनहरूको पूर्ण पालना गर्न भनिएको छ । साथै, सम्भावित विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि सम्बन्धित सम्पूर्ण सरकारी निकायहरूलाई आवश्यक पूर्वतयारी एवं प्रभावकारी समन्वयमा रहन निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु