2026-10-17 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह

2026-09-25

काठमाडौँ | प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको भोटेकोशी नदीमा हालै आएको बाढी नेपालका लागि मात्र नभएर विश्वकै लागि पनि चेतावनी भएको बताएका छन्। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई शुक्रबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भोटेकोशी बाढी स्थानिय त्रासदी मात्रै नभइ विश्वकै लागि चेतावनी भएको बताएका हुन्।

‘साताअघि, विश्वले नेपालको हिमाली समुदायमा तीव्रताका साथ आएको बाढीको भयावह दृश्य देख्यो,जसलाई धेरैले ‘हिमालयन सुनामी’ भनेका छन्,’उनले भने,’ भोटेकोशी–त्रिशूली विपद् स्थानीय त्रासदी मात्रै थिएन,यो विश्वकै लागि पनि एउटा चेतावनी थियो ।’

उनले सो चेतावनीको स्वर सुनियो त भनी महासभामा प्रश्न पनि गरे । उनको प्रश्न थियो म आज तपाईंहरुसँग सोध्छु– ‘के हामीले साँच्चै त्यो चेतावनी सुनेका छौँ ?’ प्रधानमन्त्री बालेनले करिब तीन वर्षअघि,संयुक्त राष्ट्रसङ्घका महासचिवले नै नेपालको सगरमाथा क्षेत्रमा उभिएर विश्वको छानोका रुपमा रहेको हिमाल पग्लँदै गएको र त्यसले विश्वलाई नै जलवायु परिवर्तनको खतराको सन्देश दिइरहेको बताएको प्रसङ्ग पनि उल्लेख गरे। उनले भने,’तीन वर्षअघि महासचिवले हाम्रो सगरमाथा क्षेत्रमा उभिएर नजिकिँदै गरेको जलवायु विपत्तिको भयावह अवस्थाबारे मानवतालाई चेतावनी दिनुभएको थियो । विश्वको छानोबाट आएको त्यो चित्कार बुलन्द रूपमा सुनिएन । हामीले नेपालमा सुन्यौँ, हाम्रो समुदायले सुन्यो । विश्वभरका वैज्ञानिकले सुने । उनीहरूले प्रमाणसहित त्यसलाई दोहोर्‍याइरहे । तर हामी विश्वका राजनीतिक नेतृत्वले त्यो चेतावनीलाई कार्यान्वयनमा बदल्न बेवास्ता गर्‍यौं।’

त्यसैको दुःखद् परिणाम नेपालले गत महिना भोटेकोशीको बाढीका रुपमा भोगेको प्रधानमन्त्रीको भनाइ छ। प्रधानमन्त्री शाहले जोखिममा रहेका मानिसको आवश्यकताअनुसार तीव्र गतिमा तात्दै गरेको जलवायुले नाजुक हिमालयको पारिस्थितिक प्रणालीलाई अस्थिर बनाएको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु