2026-10-17 04:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति

2026-09-25

काठमाडौँ | भारतको उत्तरपूर्वी राज्य सिक्किममा लगातार भइरहेको भारी वर्षाका कारण ठूलो पहिरो गएको छ। ग्यालशिङ जिल्लाको रिम्बी गाउँमा गएको पहिरोमा धेरै घर, सरकारी क्वार्टर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ। अधिकारीहरूका अनुसार पहिरोका कारण केही घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने केहीमा गम्भीर क्षति पुगेको छ। सरकारी आवाससमेत पहिरोको चपेटामा परेको बताइएको छ। हालसम्म घटनामा मानवीय क्षति भएको विवरण भने आएको छैन।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले रिम्बीमा गएको पहिरोप्रति दुःख व्यक्त गर्दै अवस्था गम्भीर रहेको बताएका छन्। मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रमा नागरिकको सुरक्षा र कल्याण सरकारको सर्वोच्च प्राथमिकता रहेको बताएका छन्। उनले सम्बन्धित अधिकारीहरूलाई उच्च सतर्कतामा रहन, अवस्थाको निरन्तर निगरानी गर्न तथा नागरिकको सुरक्षाका लागि आवश्यक सबै कदम चाल्न निर्देशन दिएको उल्लेख गरेका छन्। उनले भारी वर्षाका कारण जोखिम बढेकाले नागरिकलाई सतर्क रहन, प्रशासनले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न तथा कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्नसमेत अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु