2026-10-18 09:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते

2026-09-25

काठमाडौँ | बाराको कोल्हवी नगरपालिका–३ जुगवा टोलमा टेलिभिजन चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु भएको छ । बालकलाई बचाउने क्रममा परिवारका सदस्यसहित चार जना घाइते भएका छन् । स्थानीय श्याम रामका १० वर्षीय छोरा आकाश रामलाई शुक्रबार दिउँसो करिब १२ बजे आफ्नै घरमा टेलिभिजन चलाउने क्रममा तार सर्ट भएर करेन्ट लागेको थियो । गम्भीर घाइते भएका आकाशलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया ल्याइएको थियो । अस्पतालका चिकित्सकले ईसीजी परीक्षण गरेपछि उनलाई अस्पताल ल्याउनुअघि नै मृत्यु भइसकेको बारा प्रहरीले जनाएको छ ।

आकाशलाई करेन्टबाट छुट्याउने क्रममा उहाँकी करिब ७० वर्षीया हजुरआमा ऐतबरिया देवी, १२ वर्षीया दिदी निलम राम तथा स्थानीय ४० वर्षीया फुलकुमारी राम र ४१ वर्षीया अनिता शर्मा पनि करेन्ट लागेर घाइते भएका छन् ।

घाइते ऐतबरिया र फुलकुमारीको तामागढी अस्पताल, कोल्हवी तथा निलमको सिटी अस्पताल, कोल्हवीमा उपचार भइरहेको छ । उनीहरूको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो । अनिताको अवस्था भने सामान्य रहेको छ । घटनास्थल सुरक्षित राखी घटनाबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय बारागढीका प्रहरी निरीक्षक सबिनकुमार कार्कीलाई जिम्मेवारी दिइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु