2026-10-21 02:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम

2026-09-29

काठमाडौँ | कानूनमन्त्री सोविता गौतमले अध्यादेशमार्फत संशोधन गरिएका कानूनी व्यवस्थालाई पुनः कानूनी रूपमा कायम गर्न ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ ल्याइएको बताएकी छन्। प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै ०८३ वैशाख १९ गते संविधानको धारा ११४ बमोजिम सरकारले अध्यादेश जारी गरेको बताइन्। सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्थासहित विभिन्न कानुनका प्रावधान अध्यादेशमार्फत संशोधन गरिएको उनको भनाइ छ।

उनले भनिन्, ‘अध्यादेश निष्क्रिय भएपछि त्यसबाट संशोधित दफाहरू पुनः निष्क्रिय वा रिक्त हुने अवस्था आएकाले ती व्यवस्थालाई कानुनी रूपमा पुनः कायम गर्न विधेयक ल्याउनुपरेको हो। अध्यादेश निष्क्रिय भइसकेपछिबाट जुन–जुन दफा अध्यादेशले चलाएको थियो, ती–ती दफाहरू रिक्त हुने अवस्थामा पुगे। र तिनलाई फेरि कानुनी रूपमा जगाउन आवश्यक भएको कारणले यो विधेयक लिएर आइएको हो।’

सरकारले गरेको नीतिगत निर्णयलाई कार्यान्वयन गर्ने क्रममा आवश्यक कानूनी व्यवस्था संशोधन गर्न अध्यादेश जारी गरिएको उनको भनाइ छ। अहिले ल्याइएको विधेयकको उद्देश्य पनि अध्यादेश निष्क्रिय भएपछि निष्क्रिय भएका सम्बन्धित कानूनी व्यवस्थालाई पुनः कायम गर्नु मात्रै रहेको प्रस्ट पारिन्। उनले थपिन्, ‘सरकारले एउटा नीतिगत निर्णय गर्‍यो। त्यो नीतिगत निर्णयलाई अगाडि बढाउने क्रममा के–के कानुनी व्यवस्थाहरू संशोधन गर्न आवश्यक भन्ने ठान्यो, त्यो अध्यादेशमार्फत जारी गरेको र अहिले ती दफाहरू निष्क्रिय भएको कारणले जगाउनको लागि मात्रै लिएर आएको हो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ