2026-10-21 08:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो

2026-10-01

काठमाडौँ | मनाङको नार्फाभूमि गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा गएको विनाशकारी हिमपहिरोमा परी बेपत्ता भएकाहरूमध्ये थप चार जनाको शव फेला परेको छ। थप शव भेटिएसँगै उक्त हिमपहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ। हिमपहिरोमा हराइरहेका आरोही तथा सहयोगीहरूको खोज तथा उद्धारमा खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड सङ्घ (नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन) को टोलीले असोज १५ गते (बिहीबार) थप चार जनाको शव फेला पारेको हो। उद्धार टोलीका प्रमुख पासाङ काजी शेर्पा नेतृत्वको अनुभवी माउन्टेन गाइड टोलीले घटनास्थलमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिने क्रममा ती शवहरू फेला पारेको जानकारी दिएको छ।

उद्धार टोली प्रमुख शेर्पाका अनुसार हिमपहिरोमा पुरिएका शवहरू निकाल्ने कार्य जारी रहेको छ भने नयाँ फेला परेका शवहरूको पहिचान हुन बाँकी छ। यसअघि असोज १४ गते (बुधबार) आश गुरुङ, सुरज राई र पदम मगरको शव फेला परेको थियो। त्यसैगरी असोज ११ गते (आइतबार) र १२ गते (सोमबार) वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो। हिम्लुङको आधार शिविरमा गत असोज ११ गते गएको हिमपहिरोमा कुल १६ जना आरोही तथा सहयोगीहरू पुरिएर बेपत्ता भएका थिए। असोज ९ गतेदेखि नै मौसम प्रतिकूल बनेका कारण हिमालमा हिमपहिरोको जोखिम बढेको थियो।

पहिरोमा परेका १६ मध्ये हालसम्म ११ जनाको शव प्राप्त भइसकेको छ भने अझै पाँच जना आरोही तथा सहयोगीहरू सम्पर्कविहीन रहेका छन्। बेपत्ता बाँकी पाँच जनाको खोजी कार्य निरन्तर जारी रहेको उद्धार टोलीले जनाएको छ। हिमपहिरो गएकै समयमा आरोहणमा रहेका अन्य ११ जना भने दोस्रो दिन सकुशल सम्पर्कमा आएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ