
काठमाडौँ | आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य तोलाको १ हजार ५०० रूपैयाँले बढेर २ लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको छ ।
हिजो बिहीबार एक तोला सुनको मूल्य २ लाख ९३ हजार ३०० रुपैयाँ थियो । यता, चाँदीको मूल्य तोलाको २५ रूपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँ कायम भएको छ ।