निर्वाचन विरोधी गतिविधि गर्ने मकवानपुर जिल्ला इन्चार्जसहित नेकपा बहुमतका सात जना पक्राउ

Posted on: 20 Nov, 2022

मङ्सिर ४, मकवानपुर | निर्वाचनको विरोध गर्ने ७ जना पक्राउ परेका छन् ।बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नं १० स्थित बसपार्कबाट निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेकपा बहुमतका ७ जना जिल्ला तहका नेतालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला इञ्चार्ज रवि खड्का, जिल्ला संयोजक शक्ति मगर, जिल्ला सचिवालय सदस्य लिला माझी, जिल्ला सदस्यहरु अजय गहतराज, बिकास लामा, अनिल सिङ्तान र जिल्ला युवा अध्यक्ष बसन्त लामा रहेका छन् ।

पक्राउ परेका सबैजनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको कार्कीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!