कोशीमा एमालेसहितको मन्त्रिपरिषद् गठन हुँदै

Posted on: 15 Oct, 2023

असोज २८, काठमाडौँ | कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले शपथ लिने तयारी चलिरहेको छ। विराटनगरस्थित प्रदेश प्रमुख कार्यालयमा कार्कीले शपथ लिँदैछन्।

पहिलो चरणमा तीन सदस्यीय मन्त्रिपरिषद् पनि गठन गर्ने कार्कीको तयारी छ। उनले एमाले र कांग्रेसबाट एक/एक जना मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन्।

एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीका एमालेबाट रामबहादुर राना मन्त्री बन्दैछन्। कार्कीलाई मुख्यमन्त्री बनाउन समर्थन दिने बेला भएको सहमति अनुसार नै एमाले पनि सरकारमा सहभागी हुन लागेको हो।

कांग्रेसबाट भने शमशेर राईलाई मन्त्री बनाउने तयारी छ। उनी कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने कांग्रेसका आठ जनामध्येका सांसद हुन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!