माेरङमा बाेरामा भेटियो अन्दाजी ३५ वर्षीय महिलाको शव

Posted on: 20 Feb, 2023

फागुन ८, माेरङ | माेरङकाे बुढीगंगा–२ अमाहिमा एक जना महिलाको शव भेटिएको छ । पहिचान नखुलेको अन्दाजी ३५ वर्षीय महिलाको हत्या गरेको अवस्थामा शव भेटिएको हो । 

स्थानीय नरसिंह चौधरीको घरमा बाेराभित्र हालेकाे अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीका बहादुर कार्कीले जानकारी दिए । अहिले घटनास्थलमा मोरङ प्रहरीका डिएसपी रञ्जन कुमार दाहालकाे नेतृत्वमा टोली परिचालन भएको छ । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!