४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

परपुरुषसँग सम्बन्धको आशंकामा श्रीमान्‌बाटै हत्या

९ फाल्गुन २०७९, मंगलवार ०७:५२

फागुन ९, विराटनगर | विराटनगरकी २८ वर्षीया प्रियंका सुनवार साहको पतिले हत्या गरेको खुलेको छ । परपुरुषसँग सम्बन्धको शंकाकै भरमा रमेश साहले योजनाबद्धरूपमा उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

प्रियंकाको शव मोरङको बुढीगंगा गाँउपालिका- २ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा सोमबार बोराभित्र भेटिएको थियो । उनको घाँटी र कानमा चोट पाइएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा श्रीमान् रमेशसहित चारजनालाई पक्राउ गरेको छ । मोरङ कटहरी गाउँपालिका-५ का ६२ वर्षीय रमानन्द राम, ३५ वर्षीय उमेश सरदार र नरसिंह चौधरी पनि सँगै पक्राउ परेका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले पारिवारिक सम्बन्धमा आएको खटपटले नै प्रियंकाको हत्या भएको पाइएको बताए । उनले घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए ।

श्रीमतीलाई घुम्न लैजाने बहानामा बुढीगंग्गामा पुर्‍याएर हत्या गरेको अनुसन्धान अधिकारीले बताएका छन् ।

परपुरुषसँग लागेको भन्दै यसअघि पनि उनीहरूबीचमा पटकपटक झगडा भएको रेकर्ड जिल्ला प्रहरी कार्यालयमा छ ।

यसरी भयो हत्या

विराटनगर-१९ मिलनचोक घर भएकी प्रियंकाको माइती भारत हो । रमेश-प्रियंकाका ८ वर्षीय छोरा र ६ वर्षीया छोरी छन् । केही समयदेखि एकअर्कालाई शंका गर्दै उनीहरूको सम्बन्धमा खटपट आएको थियो ।

रमेशले प्रियंकालाई आइतबार घुम्न जाने प्रस्ताव गरे । उनले प्रियंकालाई बाइकमा राखेर बुढीगंगा गाउँपालिका २ अमाहीस्थित नरसिंह चौधरीको घरमा पुर्‍याए । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार रमेशका साथमा रमानन्द राम र उमेश सरदार पनि गएका थिए ।

नरसिंह भने रमानन्दले चिनेका व्यक्ति हुन् । रमानन्दकै माध्यमबाट रमेशले श्रीमतीलाई लिएर अमाही पुगेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । उनीहरू घर पुग्दा नरसिंहमात्रै थिए ।

सो घरमा ६० वर्षीय नरसिंह चौधरी, उनकी पत्नी र २४ वर्षीय छोरा बस्दै आएकोमा आइतबार दिउँसो करिब २ बजेतिर घरमा नरसिंहमात्र थिए । त्यहीबेलामा रमेश श्रीमती र अन्य दुईजना लिएर पुगेका थिए ।

‘चौधरीको घरमा पुगेपछि रमानन्दले नरसिंहलाई लिएर गाउँतिर निस्कए छन् । कोठामा रमेश र प्रियंकामात्र बसेको र त्यहाँ विवादपछि घाँटीमा तन्नाले थिचेर हत्या गरेको देखिएको छ । हत्या गरेको रमेशले पनि स्वीकारेका छन्’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘हत्या गरेपछि शव प्लाष्टिकको ठूलो बोरामा हालेर ग्वालीमा लुकाए ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ