कात्तिक १२, मोरङ | मोरङको पथरी स्थित आइतबारेमा सम्पन्न छैटौ विरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगिताको उपाधी सेभेन स्टार क्रिकेट क्लब इटहरीले जितेको छ । प्रतियोगिता अन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक १२, मोरङ | मोरङको पथरी स्थित आइतबारेमा सम्पन्न छैटौ विरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगिताको उपाधी सेभेन स्टार क्रिकेट क्लब इटहरीले जितेको छ । प्रतियोगिता अन्"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छैटौ विरेन्द्रनगर च्यालेन्ज कपको उपाधी सेभेन स्टार इटहरीलाई

१२ कार्तिक २०७३, शुक्रबार १३:५७

कात्तिक १२, मोरङ | मोरङको पथरी स्थित आइतबारेमा सम्पन्न छैटौ विरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगिताको उपाधी सेभेन स्टार क्रिकेट क्लब इटहरीले जितेको छ । प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल खेलमा पथरी ११ लाई ३३ रनले पराजित गर्दै इटहरीले उपाधी उचालेको हो । 

फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इटहरीले निर्धारीत २० ओभरमा ८ विकेट गुमाउदै १ सय ४१ रन बनाएको थियो । इटहरीका लागि अफजल हुसेनले ३४ फिरोज आलमले ३२ र अजय राजवंसीले २८ रन बनाए । पथरीका जय बोहोराले १८ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । 

जवाफमा इटहरीले दिएको १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएर व्याटिङ गरेको पथरी १९ ओभरमा मात्र १ सय  ८ रनमा समेटियो । पहिलो विकेटका लागि महेश कार्की र विनोद श्रेष्ठले ४९ रनको साझेदारी गरेपनि त्यसपछि कुनै राम्रो साझेदारी बन्न नसक्दा पथरी पराजित हुन पुग्यो । पथरीका लागि विनोद श्रेष्ठले २६, महेस कार्कीले २५ र सुमन लिम्बुले १८ रन बनाउन बाहेक अन्य ब्याट्समेनले दोहोरो अंकको स्कोर गर्न सकेनन् । इटहरीका फिरोज आलम र रविन सिंहले समान तीन तीन विकेट लिए । 


फाइनल खेलको म्यान अफ द म्याच समेत इटहरीका फिरोज आलम घोषित भए । त्यस्तै म्यान अफ द सिरिज पथरीका सुमन लिम्बु, उत्कृष्ट बलर पथरीका जय बोहोरा, उत्कृष्ट ब्याट्समेन पथरीकै फडिन्द्र दाहाल र उत्कृष्ट फिल्डर विरेन्द्रनगर क्रिकेट क्लब सेतोका चेतन खतिवडा घोषित भए । 

प्रतियोगिताको उपाधी जितेको सेभेन स्टार क्लब इटहरीले ट्रफी, मेडल र प्रमाणपत्र सँगै नगद २५ हजार तथा उपविजेता बनेको पथरी ११ ले नगद १५ हजार सँगै ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे । 

कात्तिक ३ गतेदेखि सुरु भएको प्रतियोगितामा झापा, मोरङ र सुनसरीका गरी १७ टोलीको सहभागिता रहेको थियो  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ