४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा आपूर्ति भयो खाद्यान्न, ढिलोगरी सुपथ मूल्य पसल सञ्चालन

१७ आश्विन २०७८, आईतवार ०९:५१

असोज  १७, मुगु , न्युज कारखाना ।  हिमाली जिल्ला मुगुमा १५ असोजदेखि सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले सुपथ तथा सहुलियत छुट मूल्य पसल सञ्चालनमा ल्याएको हो । 

सरकारको नीतिअनुसार १ असोजदेखि सञ्चालनमा ल्याउनुपर्ने हो । तर, मुगुमा खाद्यान्न अभावका कारण तोकिएको समयमा सुपथ मूल्यको पसल सञ्चालनमा ल्याउन नसकिएको शाखाका निमित्त प्रमुख पुस्कर भामले बताए । उनकाअनुसार खाद्यान्न आपूर्ति भएपछि १५ असोजदेखि सञ्चालनमा ल्याइएको हो ।

पसलमा अरुवा मोटा चामल प्रतिकेजी ५ रुपैयाँ छुट दिएर बिक्री वितरण भइरहेको छ । कात्तिकसम्म सहुलियत छुट मूल्यमा विक्री गर्नका लागि एक हजार क्विन्टल कोटा छुट्याइएको छ । पहिलो दिन ६० क्विन्टल सहुलियत छुट मूल्यमा चामल विक्री भएको शाखा प्रमुख भामले बताए ।

हालसम्म १ सय क्विन्टल बढी सहुलियत छुट मूल्यमा चामल बिक्री भएको छ । थप वितरण गर्नका लागि शाखाले तालिका सार्वजनिक गरेको छ । विहान १० देखि ३ बजेसम्म प्रतिव्यक्ति घरपरिवार एक र चामल लिन आउने सेवाग्राहीलाई अनिवार्य रुपमा महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य  मापदण्ड पालन गर्नुपर्ने शाखाले जनाएको छ ।

मुगुमा खाद्यान्न पुग्यो 

खाद्यान्न अभाव भएको जिल्लामा बल्ल खाद्यान्न पुगेको छ । जिल्लाको लागि १ सय ७० क्विन्टल चामल मुगुमा पुगेको हो । गएको असोज २ गते न्युज कारखानामा दशैंको मुखमा मुगुमा खाद्यान्न अभाव भन्ने शिर्षकमा समाचार प्रकाशित भएपश्चात खाद्यान्न आपूर्ति भएको शाखा कार्यालयका निमित्त कार्यालय प्रमुख पुस्कर भामले बताए ।

मुगुमा अन्न बालीको भण्डार भए पनि अझै यहाँका स्थानीय आयातित खाद्यान्नमा निर्भर रहेकाले जेनतेन चामल दशैंको मुखमा पुर्‍याइएको छ । अब दशैँसम्म चामल पर्याप्त मात्रामा पुग्नेछ । अभाव हुने छैन । मुगुको लागि खाद्यान्न आपूर्ति गर्ने जिम्मा पाएको खड्का निर्माण सेवाले यहीँ असोज दोस्रो साता चामल पुर्‍याएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ