४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

जिल्ला समन्वय समिति मुगुको प्रमुखमा कांग्रेसबाट कार्की सिफारिस

२३ जेष्ठ २०७९, सोमबार ११:४६

जेठ २३, मुगु | जिल्ला समन्वय समिति मुगुको प्रमुखमा नेपाली कांग्रेसले मञ्जन कार्कीलाई सिफारिस गरेको छ । कार्की सोरु गाउँपालिका वडा नम्बर ३ भिईबाट वडा सदस्यमा निर्वाचित व्यक्ति हुन् ।

कर्णाली प्रदेश संसदीय समितिको निर्णयले कांग्रेसले मुगु जिल्लाको समन्वय प्रमुखमा कार्कीलाई उम्मेदवार बनाएको हो । उनी नेपाली कांग्रेस कर्णाली प्रदेश सदस्य, कार्यसम्पादन समिति सदस्य र पूर्व जिल्ला पार्टी सचिव पनि हुन् । यस्तै कांग्रेसबाटै जिल्ला समन्वय समितिको उपप्रमुखमा नैली कार्की उम्मेदवार सिफारिस भएकी छन् ।

चार स्थानीय तह रहेको मुगुमा कांग्रेस एक्लैको ५ मत छ । त्यसैले यहाँ जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख कांग्रेसकै बन्ने पक्का छ । कांग्रेसले मुगुमा चार पालिकामा दुई प्रमुख र तीन उपप्रमुखमा जितेको छ ।

जिल्ला समन्वय समितिको लागि मुगुमा एमालेको १, माओवादी केन्द्रका १ र एकीकृत समाजवादीका १ मत छ । यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा मुगुमा नेकपा एमालेले जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुख रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ