विमान दुर्घटनामा धनुषाका एकै परिवारका सातको मृत्यु, मुक्तिनाथ जादै थिए

Posted on: 30 May, 2022

जेठ १६, काठमाडौं | आइतबार बिहान पोखराबाट जोमसोम जान लाग्दा हराएको तारा एयरको जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिकाको सानोशरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। जहाज दुर्घटनामा परी धनुषाका सात जनाको मृत्यु भएको छ। धनुषाको मिथिला नगरपालिका-११ लोटाका एकै परिवारका ६ जना वृद्धवृद्धासहित ७ जनाको मृत्यु भएको हो।

काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएका राजकुमारले केही दिनअघि परिवारका वृद्धवृद्धालाई मुक्तिनाथ दर्शन गराउन लैजाने योजना बनाएका थिए। बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरूषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ उनीसँगै मुक्तिनाथ जाने भए। गाउँमा उनीहरूको घर सँगसँगै छ।


शुक्रबार धनुषाबाट काठमाडौं आएका उनीहरू शनिबार पोखरा पुगेका थिए। राजकुमारका श्रीमती र दुई छोराछोरी छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!