मोहम्मद ईजहार शेष/फागुन ५, नवलपरासी । नवलपरासीको जहदा बासी कवि दिपक बरालको एकल कविता बाचन कार्यक्रम आजदेखि विभिन्न क्याम्पस तथा स्कुलहरुमा सुरु भएको छ । विभिन्न "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहम्मद ईजहार शेष/फागुन ५, नवलपरासी । नवलपरासीको जहदा बासी कवि दिपक बरालको एकल कविता बाचन कार्यक्रम आजदेखि विभिन्न क्याम्पस तथा स्कुलहरुमा सुरु भएको छ । विभिन्न "/>
३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

कवि बरालको साहित्यीक जागरण अभियान सुरु

५ फाल्गुन २०७३, बिहीबार १३:०२

मोहम्मद ईजहार शेष/फागुन ५, नवलपरासी । नवलपरासीको जहदा बासी कवि दिपक बरालको एकल कविता बाचन कार्यक्रम आजदेखि विभिन्न क्याम्पस तथा स्कुलहरुमा सुरु भएको छ । विभिन्न समाजिक कुरितीलाई न्युनिकरण  र युवा पुस्तालाई गलतवाटोमा लाग्न नदिनुका साथै साहित्य मार्फत युवा पुस्ताको मानशिक बिकासका लागि सामुदायिक रेडियो परासीको सहकार्यमा सञ्चालन गरिएको साहित्य जागरण अभियानको  आज सामुदायिक रेडियो परासीका अध्यक्ष सुमन गोपाल आचार्यको अध्यक्षतामा परासी क्याम्पसवाट सुभारम्भ गरिएको हो ।  

नवलपरासीको जहदाका बासिन्दा रह्नु भएका कवि दिपक बराले बिभिन्न १० वटा कविताहरु बाचन गरि करिब २०० भन्दा बढिा विद्यार्थिहरुको माझमा पस्कीनु भएको थियो । कार्यक्रममा कवि बरालको विभिन्न स्पर्शी र ब्यङ्गात्मक कविताहरु सेनेर विद्यार्थिहरु झुमेका थिए । 

उँहाको कवितामा समाजिक कुरीती प्रतिको घोचपेच, बर्तमान राजनितिक अवस्था, गाँउले जिवन, माया प्रेम लगायतका क्षेत्रहरु समेटिएको कविताहरुवाट विद्यार्थिहरुले मनोरञ्जन सहित साहित्यीक ज्ञान र समाजिक चेतना बढेको प्रतिकृया दिएका थिए । 


खास गरि समाजिक क्षेत्रलाई समेटेर समाजलाई संस्कार सहित समाजिक बिकास तर्फ डोर्याउन कबि बराल यस क्षेत्रमा खप्पीस कबि मानिन्छन् । उँहाले गद्य र पद्य विभिन्न सहित विभिन्न छन्दका कविता र गजलहरु लेख्ने गर्नु हुन्छ भने नेपाली ,भोजपुरी र हिन्दीमा समेत साहित्यीक रचनाहरु रच्नु भएको छ । 

साहित्यीक जागरण अभियान अन्तर्गत कवि बरालले भोली होली केयर स्कुल पालडाँडामा एकल कविता बाचन गर्नु हुने जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट