४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

थारु समुदायद्वारा कुवाँरवर्तीमाई पूजा सुरु

२२ चैत्र २०७९, बुधबार ०८:५६

चैत २२, कावासोती | पूर्वी नवलपरासीका थारु समुदायद्वारा हरेक वर्ष गरिँदै आएको कुवाँरवर्ती माईको पूजा मङ्गलबारबाट सुरु भएको छ । 

महाभारत पर्वत शृङ्खलामा रहेको देवचुली पर्वतमा पुगेर त्यहाँ रहेको गुफाभित्र शिर थान माईको पूजा गरेर सुरु हुने कुवाँरवर्ती माईको पूजा  जिल्लाभित्र रहेका ११ वटादेवी थानमा पूजा गरेपछि पूजा सम्पन्न हुने कुवाँरवर्तीमाई गुठीका अध्यक्ष विकाराम चौधरीले जानकारी दिनुभयो । मङ्गलबार देवचुलीको रजहरमा रहेका टिकेत (मुख्य पुजारी) भवानी गुरौको घरबाट यात्रा सुरु गरेर मुख्य पूजारीसहितको टोली शिरथान माईको पूजा गर्न चैते पूर्णिमाको दिन यही कात्तिक २३ गते देवचुली पर्वतको चुलीमा पुग्ने गुठीका अध्यक्ष चौधरीले जानकारी दिनुभयो । 

चुलीमा पुग्न भन्दा अघिल्लो दिन मुख्य पुजारीसहितको टोली देवचुलीको कीर्तिपुरमा रहेको देवी थानमा बास बस्ने तथा आज बिहान त्यहाँ पूजा सम्पन्न गरेपछि आजै बेलुका देवचुली र वरचुली पहाड बीचको रहेको खोला इनरछतियामा बास बसेर मुख्य पूजाका लागि चैते पूर्णिमाको दिन देवचुली पहाडमा पुग्ने उहाँले बताउनुभयो । 

चैते पूर्णिमाको दिन देवचुली पर्वतको चुलीमा रहेको गुफाभित्र शिरथान देवीको पूजा गरेपछि मुख्य पुजारी सहितको टोली फर्किने र जिल्लाका विभिन्न ११ वटादेवी थानमा पुजा गरेपछि पूजा सम्पन्न हुने अध्यक्ष चौधरीले बताउनुभयो ।

चैते पूर्णिमाको दिन देवचुली पहाडमा रहेको शिरथान माईको पूजा गरिँदै गर्दा तल रहेका ११ वटा देवी थानमा पूजा गर्ने गरिन्छ । त्यसपछि चैते पूर्णिमाको भोलि पल्टदेखि नौ दिनसम्म जिल्लाका विभिन्न गाउँमा रहेका कुवाँरवर्ती माईको शाखा मन्दिरमा पूजा गरिने प्रचलन रहेको छ । पूजाको क्रममा देवी थानमा राँगा, बोका, कुखुराको बलि दिने गरिन्छ । 

हरेकवर्ष पूजा गरिने भए पनि पाँच÷पाँचवर्षमा गरिने पूजाको विशेष महत्व हुने थारु अगुवा बताउँछन् । कन्तरी पूजाको नामबाट प्रचलित यो पूजा पूर्वी नवलपरासीमा रहेको प्राय सबै थारु गाउँमा गर्ने गरिन्छ । परापूर्वकालदेखि नै विशेष गरेर पूर्वी नवलपरासीका विभिन्न ११ वटादेवी थान रहेका गाउँमा कुमारवर्ती माईको पूजा अर्थात कन्तरी पूजा गरिँदै आएको थारु अगुवा कमल गुरौँ बताउनुहुन्छ । शाखा मन्दिरहरुमा पूजा गर्ने अघिल्लो दिन साँझ टिकेत (मूल पुरोहित)को घरमा जम्मा भएर कुवाँरवर्ती माईको कथा सुन्ने तथा सुनाउने गरिन्छ । 

 साथै साँझमा टिकेत (मूल पुजारी)ले पूजा सुरु गरेपछि शरीरमा देवी चढेकाहरु काम्ने उफ्रिने गरी रोगव्याधी अन्त्य, कृिषबालीको सुरक्षा, समस्त जगतको सुख शान्ति तथा समृद्धिका लागि परापूर्वकालदेखि कुवाँरवर्ती माईको पूजा गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ