कात्तिक २८, काठमाडौं | सुन्दर भविष्यको सपना बोकेर विदेशी नागरिकसँग विवाह गर्ने अधिकांश नेपाली चेलीको सपना अधुरो हुन थालेपछि गृह प्रशासनले चीन र दक्षिण कोरियाका नागरि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २८, काठमाडौं | सुन्दर भविष्यको सपना बोकेर विदेशी नागरिकसँग विवाह गर्ने अधिकांश नेपाली चेलीको सपना अधुरो हुन थालेपछि गृह प्रशासनले चीन र दक्षिण कोरियाका नागरि"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ र कोरियालीसँग नेपाली चेलीले विवाह गर्न नपाउने

२८ कार्तिक २०७३, आईतवार ०५:२६

कात्तिक २८, काठमाडौं | सुन्दर भविष्यको सपना बोकेर विदेशी नागरिकसँग विवाह गर्ने अधिकांश नेपाली चेलीको सपना अधुरो हुन थालेपछि गृह प्रशासनले चीन र दक्षिण कोरियाका नागरिकसँगको विवाहमा प्रतिबन्ध लगाएको छ । 

श्रीमती बनाउने बहानामा नेपाली चेलीलाई ती देशका नागरिकले आफ्नो देशमा लाने र चरम यातना, यौनशोषण तथा घरेलु हिंसा गरेको पाइएपछि गृह मन्त्रालयले यी देशका नागरिकसँगको विवाहमा प्रतिबन्ध लगाएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रजिअ तथा प्रवक्ता गणेशप्रसाद भट्टराईले जानकारी दिए।

गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट सबै क्षेत्रीय प्रशासन कार्यालयमा यी दुई देशका नागरिकसँगको विवाहवारीमा प्रतिबन्ध लगाउने परिपत्र गरिएको उल्लेख गर्दै प्रवक्ता भट्टराईले विदेशी–विदेशी नागरिकबीचको विवाहमा पनि प्रतिबन्ध लगाइएको जानकारी दिए।

राजदूतावास र केही कूटनीतिक नियोगमा काम गर्ने विदेशी कर्मचारीहरूबीचको प्रतिबन्धित विवाह भने खुलाउने तयारी सरकारले गरेको छ । 

‘राजदूतावासमा र अन्य कूटनीतिक नियोगमा बसेर काम गर्ने विदेशी नागरिकबीच हुने विवाहलाई मान्यता दिने गृहकार्य गरिँदैछ तर स्वयंसेवक वा अन्य काम देखाएर नेपाल आउने अनि विवाह गर्ने कार्य भने प्रतिबन्धित नै हुनेछ’, प्रवक्ता भट्टराईले भने।

सरकारले विदेशी नागरिकसँगको विवाहमा कडाइ गरेपछि पछिल्लो समयमा विदेशी नागरिकसँगको दर्ता विवाहमा कमी आएको छ ।  जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार आव २०७३/०७४ का पहिला तीन महिनामा ८५ जोडीको मात्र दर्ता विवाह भएको छ ।

 ‘साउनमा ३८ भदौमा ३५ र असोजमा १२ जोडीको कोट म्यारिज भएको छ भने यी तीन महिनामा ३५ जनाको पोस्ट म्यारिज भएको छ’, भट्टराईले भने, ‘अन्य निकायमा विवाह दर्ता गराएर पुनः स्थानीय प्रशासनमा विवाह दर्ता गर्ने कार्यलाई पोस्ट म्यारिज  भनिन्छ ।’

विवाह दर्तामा कडाइ गरिएपछि धेरै नेपाली चेलीको जीवन सुरक्षित भएको प्रशासनले जनाएको छ ।  कतिपय देशका नागरिकले नेपाली चेलीलाई विवाह गरेर लाने अनि चरम यातना दिने गरेको गुनासो आएपछि सरकारले यस्तो निर्णय गरेको उनले बताए।

यस्तै विदेशबाट विविध बहानामा नेपाल छिर्ने अनि विवाह गरेर आपराधिक कार्य गर्ने गरिएकाले पनि विदेशी विदेशीबीचको विवाहमा पनि प्रतिबन्ध लगाउनु परेको उनले बताए। चीन र दक्षिण कोरियामा सबैभन्दा बढी नेपाली चेली विवाह गरेर लाने गरेको विगत सम्झँदै प्रवक्ता भट्टराईले ती देशमा प्रतिबन्ध लगाइए पनि बेलायत, फ्रान्स, क्यानडा, अमेरिका, अस्ट्रेलिया जस्ता देशका नागरिकसँगको विवाहलाई सम्बन्धित दूतावासको अनुमतिमा हुने विवाहलाई रोक नलगाइएको जानकारी दिए। – गोरखापत्र 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली